Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन काठमाडौँले गर्यो एक दिने चालक अभिमुखीकरण

प्याब्सन काठमाडौँले गर्यो एक दिने चालक अभिमुखीकरण

  • 949
    SHARES

  • प्याब्सन काठमाडौँले गर्यो एक दिने चालक अभिमुखीकरण

    जेठ, ३ गते/ काठमाडौँ। नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँले एक दिने चालक सुरक्षा अभिमुखीकरण कार्यक्रम गरेको छ। शनिबार काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा प्याब्सन अन्तर्गतका सदस्य विद्यालयका बस चालकहरुको लागी सडक सुरक्षा बारे बिशेष अभिमुखीकरण कार्यक्रम गरेको हो।

    FB_IMG_1747495702243.jpg

    चालक अभिमुखीकरण कार्यक्रम २०८२ प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्व तथा केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। साथै प्याब्सन सह-अध्यक्ष गोपाल प्रसाद आचार्य र काठमाडौ उपत्यका ट्राफिक प्रहरिका प्रमुख बिनोद घिमिरे र प्याब्सन महासचिव आरवी कटुवालको बिशेष उपस्थिति रहेको थियो।

    FB_IMG_1747495709867.jpg

    उक्त कार्यक्रममा प्याब्सन काठमाडौ जिल्ला अन्तर्गतका सदस्य विद्यालयका करिब एक हजार जना भन्दा बढी चालकहरुलाई अभिमुखीकरण गरिएको छ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्याब्सन राष्ट्रिय अध्यक्ष कृष्ण अधिकारिले ट्राफिक नियम र सडक सुरक्षाका बारे गरिएको अभिमुखीकरण कार्यक्रम अत्यन्तै जरुरी रहेको र यसले देशलाई परिवर्तन गर्न सघाउ पुर्‍याउने बताउनुभयो । अध्यक्ष अधिकारीले बिद्यालय जाने विद्यार्थी बोक्ने गाडिहरुलाई सडकमा सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो। साथै चालकहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

    IMG_7453 (2).JPG

    अध्यक्ष अधिकारीले २० बर्षे गाडी हटाउने चर्चा चलेको प्रती इङ्कित कति वर्ष कुदेको भन्दापनी गाडिको अवस्था हेरेर नियम बनाउनुपर्ने र बिग्रेको भए २० बर्ष होइन १० वर्षमै बन्दगर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो। दिनानुदिन गाडिको मूल्य बढेको छ, प्राइभेट हस्पिटलले हरेक सामान किन्दा छुट पाउछ तर प्राइभेट स्कुलले पाउदैन। अध्यक्ष अधिकारीले भन्नुभयो, 'सरकारले गाडी किन्न छुट दिनुपर्छ।' 

    IMG_7512 (1).JPG

    उक्त कार्यक्रममा बिशिस्ट अतिथी तथा काठमाडौ उपत्यका ट्राफिक प्रहरिका प्रमुख बिनोद घिमिरेले ट्राफिक सचेतना बारे आफ्नो धारणा व्यक्त गर्नुभयो। उहाँले चालकलाई लाइसेन्स दिँदा सैद्धान्तिक ज्ञान समेत दिनुपर्ने बताउनुभयो। हाम्रो लाइसेन्स दिने प्रणाली नै गलत छ। उहाँले भन्नुभयो, चालकलाई सैद्धान्तिक ज्ञान दिएर मात्रै लाईसेन्स दिनुपर्छ।'

    IMG_7470 (2).JPG

    ट्राफिक प्रमुख घिमिरेले बाटोको क्षमता भन्दा ठूलो बस चलाउने अनुमति नदिन विद्यालय तथा कलेजका संचालकहरुलाई सुझाव दिनुभयो। साथै २० बर्ष पुरानो गाडी रिप्लेस गर्ने कानुन बनिरहेको जानकारी समेत दिनुभयो । उहाँले चालक र ट्राफिक प्रहरी जहिले बाझिनुपर्ने र झगडा गर्नुपर्ने अवस्था आएको भन्दै त्यो कुरा ट्राफिकले दुर्घटना रोक्न र मानिसको भविष्य बचाउन गरिएको बताउनुभयो ।

    FB_IMG_1747495812528.jpg

    उक्त कार्यक्रममा प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष तथा सभापति नवराज भट्टले काठमाडौँका सदस्य विद्यालयमा सेवारत चालक कर्मचारीहरूलाई सचेतना जगाउने उद्देश्यले  'चालक अभिमुखीकरण कार्यक्रम - २०८२' आयोजना गरेको बताउनुभयो ।  चालक तथा सह-चालकहरुले विद्यार्थीसंग गर्ने व्यबहार, बोल्ने शैली, विद्यार्थी ल्याउदा तथ पुर्‍याउदा पालना गर्नुपर्ने नियम,  ट्राफिक ब्यबस्थापन र सडक सुरक्षा बारे सचेतनाको लागि अभिमुखीकरण गरेको अध्यक्ष भट्टको भनाई छ। साथै अध्यक्ष भट्टले विद्यालयमा चालकहरुको अत्यन्तै महत्व रहेको भन्दै उनिहरुलाई सम्मान गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    IMG_7461 (2).JPG

    अध्यक्ष भट्टले संस्थागत विद्यालयले हजारौ रोजगार दिएको भन्दै राज्यले त्यसको सहि मुल्यांकन गर्नुपर्ने बताउनुभयो। साथै उहाँले संस्थागत विद्यालयका शिक्षक कर्मचारिको जीवन सुरक्षाको लागि प्याब्सन सामाजिक सुरक्षातिर लम्किरहेका बताउनुभयो ।

    FB_IMG_1747495762057.jpg

    उक्त कार्यक्रमको संयोजन काठमाडौ प्याब्सनका उपाध्यक्ष सुर्य बहादुर केसिले गर्नुभएको थियो।

    IMG_7443 (2).JPG सथै कार्यक्रम प्याब्सन काठमाडौ जिल्ला सचिव कृष्ण भण्डारीले सांचालन गर्नुभएको थियो।

    अभिमुखीकरण कार्यक्रममा प्रहरी निरीक्षक - ज्ञान बहादुर माझिले ट्राफिक नियमबारे बिशेष सचेतना मुलक प्रशिक्षण दिनुभयो।

    IMG_7428 (1).JPG

    उक्त साथै कार्यक्रममा आइचर गाडी कम्पनीका प्राबिधिकहरुले सबारि साधनका पार्टपुर्जा र त्यसको मर्मतसम्भार गर्ने बारे जानकारी दिएका थिए।

    कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष मुरारी प्रसाद सञ्जाल, प्रदेश सदस्यहरु, काठमाडौ जिल्ला वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा लगाएत पदाधिकारी, तथा नगर अध्यक्षहरुको उपस्थिति रहेको थियो।

    FB_IMG_1747495656558.jpg

    अभिमुखीकरण कार्यक्रममा सहभागी चालकहरुलाई तालिम पश्चात् प्रमाणपत्र समेत दिएको थियो।

    IMG_7411 (2).JPGIMG_7483 (2).JPGIMG_7422 (2).JPG

    images
    शनिवार, जेठ ४ २०८२०९:०८:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार