Jul 27 2026 | २०८३, श्रावण ११ गते

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट पारित

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट पारित

  • 1.0K
    SHARES

  • सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट पारित

    जेठ, ४ गते/ काठमाडौ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट पारित भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभाको आइतबारको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

    आइतबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयक सर्वसम्मत पारित भएको हो ।

    यसअघि १३ चैतमा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको थियो ।  शिक्षामन्त्री पन्तका अनुसार दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सहकुलपति रहनेछन् ।

    त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलका उठेका प्रश्नको जवाफ दिदै मन्त्री पन्तले विधेयक पारित हुनु सूदुरपश्चिमका लागि मात्रै नभइ देशका लागि उपलव्धी भएको बताउनुभयो ।

    सांसद देवेन्द्र पौडेलले अब बन्ने विश्वविद्यालयको नेतृत्व प्रतिस्प्रर्धाद्वारा छनोट गर्ने विषयलाई विधेयकमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

    विधेयक नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रको महत्वपूर्ण परिवर्तनको कोशेढुङ्गा भएको उहाले बताउनुभयो । मन्त्री पन्तले काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर उपचारका लागि भारतको दिल्ली जाने लर्को विश्वविद्यालयको स्थापनापछि कैलालीको गेटामा रोकिने जिकिर गर्नुभयो ।

    सांसद दिलेन्द्रप्रसाद बडुले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नमुना विश्वविद्यालयका रूपमा राज्यले विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गर्नुभयो।

    सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार