Jul 27 2026 | २०८३, श्रावण ११ गते

अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन - सुवेदी

अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन - सुवेदी

  • 3.5K
    SHARES

  • अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन - सुवेदी

    जेठ, ५ गते/ काठमाडौँ। नेपाल शिक्षल महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अब झन् दह्रो लडाईं लड्नु पर्ने बताएका छन्।

    अध्यक्ष सुवेदिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेश  गरेको प्रतिवेदन  थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी  विरोधी भएको झन दह्रो लडाईं लड्नु पर्ने बताएका हुन्।

    अध्यक्ष सुवेदीले शिक्षा उपसिमितिको प्रतिवेदन उपर टिप्पणी गर्दै अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी / करार, सिकाइ अनुदान, प्राविधिक धार,  विेशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमती वमोजिम न्याय नगरेको,  आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै भएको, सरुवा झन् शिक्षक मारा भएको, विभागीय कार्यबाही जस्ताको तस्तै र बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन नसकेको प्रती रोष प्रकट गर्नुभएको छ।

    अध्यक्ष सुवेदीले वि.सं.२०७५, २०७८ र २०८० मा भएका सबै सहमतीलाई लत्याइयो । भरखरै भएको २०८१ / ०८२ को आन्दोलनलाई पनि विर्सिएको देखियो । अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन, फेसबूकमा लेखेला छन्।

    Screenshot_2025-05-19-01-17-02-47_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    सोमवार, जेठ ६ २०८२०१:२१:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार