Jul 27 2026 | २०८३, श्रावण ११ गते

पानले जेठ २३ र २४ गते राष्ट्रिय शिखर सम्मेलन गर्दै

पानले जेठ २३ र २४ गते राष्ट्रिय शिखर सम्मेलन गर्दै

  • 558
    SHARES

  • पानले जेठ २३ र २४ गते राष्ट्रिय शिखर सम्मेलन गर्दै

    काठमाडौँ /५ जेठ – प्रधानाध्यापक संघ नेपाल (पान)ले आगामी जेठ २३ र २४ गते दोस्रो राष्ट्रिय शिखर गर्ने भएको छ । प्रत्येक वर्ष फरक फरक प्रदेशमा थीम आधारित राष्ट्रिय सम्मेलन आयोजना गर्ने नीति अनुरूप यस वर्ष पोखराको आयोजना गर्ने भएको हो ।

    पानका अध्यक्ष सुदाम गौतमले उक्त सम्मेलनबाट शिक्षामा नेतृत्वको नयाँ दृष्टिकोण र कार्यदिशा विकास गर्न सहयोग गर्ने र सामुदायिक विद्यालयमा रूपान्तरण ल्याउनका लागि भूमिका खेल्ने आशा गरिएको बताउनुभयो। गौतमले राष्ट्रिय सम्मेलनमा अधिकारका कुरा भन्दा पनि विद्यालयमा रूपान्तरण गर्न, राम्रा विद्यालयलाई अगाडी ल्याउन, प्रधानाध्यापकले गरेका असल अभ्यासलाई एक अर्काबाट सिक्न र उत्तरदायी बनाउनका लागि सम्मेलननको आयोजना गरिएको जानकारी दिनुभयो ।

    सम्मेलनमा प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुखहरू, विदेशी प्रतिनिधिहरू, विद्यार्थी, अभिभावक, नीति निर्माता गरेर एक हजार भन्दा बढीको सहभागिता हुने गौतमले बताउनुभयो ।

    यसैगरी राष्ट्रिय शिखर सम्मेलनमा पान अर्वाड २०८२ आयोजना गर्ने भएको छ । प्रत्येक प्रदेशबाट एक एक आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालय, प्रत्येक प्रदेशबाट एक एक जना आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक, प्रत्येक प्रदेशबाट एक एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, मुलुकभरबाट एक उत्कृष्ट महानगरपालिका वा उपमहानगरपालिकालाई अर्वाड प्रदान गर्न लागेको प्यानका अध्यक्ष सुदाम गौतमले जानकारी दिनुभयो ।

    शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरिएको थियो । निष्पक्ष, स्वतन्त्र मापदण्डमा आधारित रहेर विज्ञहरूले छनोट गरेका प्रधानाध्यापक, विद्यालय र पालिकालाई सम्मान गर्न लागिएको पानले जनाएको छ ।

    छनोट समितिले देशभरिका विद्यालय, पालिका तथा प्रधानाध्यापकहरूबाट अफलाइन, अनलाइन आवेदन माग गरेको र आवेदन परेका मध्येबाट प्राप्त सिफारिस, तथा समितिले सङ्कलन गरेका विवरणहरूलाई आधार बनाई २५ वटा मापदण्डमा आधारित रहेर छनोट गरिएको जनाइएको छ ।

    images
    मंगलवार, जेठ ७ २०८२०७:३१:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार