Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रदेश २ को निःशुल्क लोक सेवा कक्षा सञ्चालनः फाराम भर्ने म्याद चैत ७ सम्म !

प्रदेश २ को निःशुल्क लोक सेवा कक्षा सञ्चालनः फाराम भर्ने म्याद चैत ७ सम्म !

  • 574
    SHARES

  • प्रदेश २ को निःशुल्क लोक सेवा कक्षा सञ्चालनः फाराम भर्ने म्याद चैत ७ सम्म !

    प्रदेश नं. २ सरकारले निःशुल्क लोक सेवा कक्षा सञ्चालन गर्ने भएको छ।

    ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश नम्बर २ का आठ ओटै जिल्ला बाट ४०/४० जना छात्रालाई छनोट गरी ६० दिने निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

    उक्त अभियानमा छनौट भएका सहभागीहरूलाई सप्तरी र सिराहाकालाई सप्तरीमा, धनुषा र महोत्तरीकालाई धनुषामा, सर्लाही र रौतहटकालाई रौतहटमा तथा बारा र पर्साका प्रशिक्षार्थीहरूलाई पर्सा जिल्ला सदरमुकाममा लोक सेवा तयारी कक्षामा सहभागी गराइने छ।

    योग्यता पुगेका इच्छुक छात्राहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट फाराम भरी सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा चैत्र ७ गतेभित्र बुझाउन सूचनामा भनिएको छ।

    images
    बिहिवार, चैत्र ५ २०७७०६:५४:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार