आइतवार, जेठ १२ २०८२
जेठ, ११ गते/ काठमाडौं। राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको अध्यक्षमा राजेन्द्र पुडासैनी चयन भएका छन्। शनिवार एक कार्यक्रम विच पदबहाली कार्यक्रममा पुडासैनी नगर कमिटीको अध्यक्षमा चयन भएका हुन्।

नेसनल प्याब्सनले ९ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको छ। नवगठित कार्यसमितिमा मुरारी चालिसे उपाध्यक्ष, मोहन फुयाल सचिव, सुवास कोइराला कोषाध्यक्षका रूपमा चयन भएका छन्। यस्तै, शम्भु अधिकारी, कमलमणि न्यौपाने, मनोज नेपाल र पवित्रा राना सदस्य पदमा मनोनित भएका छन्।

पुरानो कमिटी पुर्णत: निष्क्रिय रहेका कारण नयाँ कमिटी गठन गर्नु परेको नेसनल प्याब्सनका जिल्ला अध्यक्ष अमृत कुमार खड्काले जानकारी दिनुभयो।

पदस्थापन कार्यक्रम पश्चात् नवगठित कमिटिका अध्यक्ष राजेन्द्र पुडासैनीले विद्यार्थी मिडिया संग कुरा गर्दै अगाडी आउने चुनौतीहरुको सामना गर्दै अघि बढ्ने बताए। नयाँ बनेको कार्यसमितिले विद्यार्थी केन्द्रित कार्यक्रमहरुलाई फोकस गर्ने र शिक्षकको तालिमका लागि कार्ययोजना बनाउने बताए।
पदस्थापना कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, उपाध्यक्ष बिष्णु पराजुली, महासचिव प्रकाश खड्का, कोषाध्यक्ष खडक बहादुर बस्नेत, केन्द्रीय सदस्य भीष्म पाण्डे, बागमती प्रदेश अध्यक्ष डिएन महतो, बुढानिलकण्ठ नगरपालिका वडा १२ का अध्यक्ष - शम्भु प्रसाद भट्टराई, निर्वाचन आयुक्त सिपि आचार्य लगाएत जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम नेसनल प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष रामबाबु सेढाईले संचालन गर्नुभयो। साथै जिल्ला उपाध्यक्ष प्रेमकुमार भुजेलले स्वागत मन्तव्य दिनुभयो।




