Oct 03 2026 | २०८३, आश्विन १७ गते

केजीएस विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न

केजीएस विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न

  • 1.5K
    SHARES

  • केजीएस विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न

    केजीएस, समाचारदाता, काठमाडौँ, जेठ ११। गोङ्गबुस्थित काठमाडौँ ग्लोबल स्कुलको विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न भएको छ। शुक्रबार विद्यालय परिसरमा सम्पन्न निर्वाचनले शैक्षिक सत्र २०८२ का लागि विभिन्न पदमा विद्यार्थीहरूका प्रतिनिधि छनोट गरेको हो ।

    FB_IMG_1748188209359.jpg

    बिहान११:३० बजे विद्यालयका संस्थापक प्रधान अध्यापक मनोज आचार्यद्वारा मतदान गरेपछि औपचारिक रुपमा मतदान सुरु भएर अपरान्ह ४ बजेसम्म सम्पन्न भएको थियो।

    निर्वाचनले विद्यालयका हेड ब्वाइ, हेड गर्ल, जेबीआर, जेजियार, तथा प्रत्येक सदनका क्याप्टेन र भाइस क्याप्टेन सहित १२ जना प्रतिनिधि छनोट गरेको छ। विभिन्न पदको लागि उमेद्वारी दिएका लगभग ५० उम्मेदवारका लागि विद्यालयका कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु, शिक्षक, कर्मचारी, तथा प्रत्येक उम्मेदवारका एकजना अभिभावक सहित लगभग १००० जना मतदाताले मतदान गरेका थिए ।

    IMG-20250525-WA0006.jpg

    मतदान सम्पन्न भएसँगै सोही दिन साँझ मतगणना सम्पन्न गरिएको थियो । मतपरिणाम अनुसार हेड गर्ल तर्फ युरेका न्यौपानेले बाजी मार्दा हेड ब्वाईमा भने कृतेश कँडेल निर्विरोध निर्वाचित भएका थिए । जेविआरमा डेनिम तामाङ विजय भए भने जेजिआरमा प्रीटी लामिछाने अत्याधिक मतका साथ विजयी भइन् । निर्जल थपलिया, शोभन सिटौला, आस्था शाही ठकुरी र कृपा तिमल्सिना ले क्रमसः नीलो, हरियो, रातो र पहेंलो सदनको क्याप्टेनको पदमा विजय प्राप्त गर्दा समिका भट्टराई, सार्थक चौलागाईं, दिक्षिता पनेरु र सादिया अमान मन्सुर क्रमसः नीलो, हरियो, रातो र पहेंलो सदनको भाइस क्याप्टेनका लागि विजय भएका छन् । 

    FB_IMG_1748188256967.jpg

    हरेक वर्ष जस्तै विद्यार्थीमा लोकतान्त्रिक आचरणको सचेतना, नेतृत्व क्षमताको विकास, व्यक्तित्व विकास तथा निर्वाचन प्रक्रियाको बारेमा व्यावहारिक ज्ञान दिने उद्देश्यले यो वर्ष पनि औपचारिक रुपमा नै निर्वाचन सञ्चालन गरिएको संस्थापक प्रधानाध्यापक मनोज आचार्यले बताउनुभयो ।

    IMG-20250525-WA0002.jpg

    विद्यालयका गतिविधिमा अभिभावकलाई पनि सहभागी गराउने विद्यालयको नीतिको प्रसंसा गर्दै सहभागी मध्येका एकजना अभिभावक होम बहादुर भट्टराईले आफ्ना नानीबाबुको पक्षमा मतदान गर्न पाउँदा सबै अभिभावक उत्साहित रहेको बताउनु भयो भने सबै उमेद्वारलाई विजयको लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।

    नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई जेठ २३ गते एक विशेष समारोहका बीच पद हस्तान्तरण तथा सपथग्रहण गराईने जानकारी कार्यक्रम संयोजक दीपक भण्डारीले दिनु भयो ।

    IMG-20250525-WA0007.jpg

    images
    आइतवार, जेठ १२ २०८२०९:३०:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार