Jul 27 2026 | २०८३, श्रावण ११ गते

रेडियण्ट पब्लिक स्कुलको विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न

रेडियण्ट पब्लिक स्कुलको विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न

  • 450
    SHARES

  • रेडियण्ट पब्लिक स्कुलको विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न

    काठमाडौँ, जेठ १३ गते। नागार्जुन नगरपालिका स्युचाटारस्थित रेडियण्ट पब्लिक स्कुलको विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न भएको छ। गत शुक्रबार विद्यालय परिसरमा सम्पन्न निर्वाचनले शैक्षिक सत्र २०८२ का लागि विभिन्न पदमा विद्यार्थीहरूका प्रतिनिधि छनोट गरेको छ ।  

    IMG_7537 (1).JPG

    मतदान जेठ ६ गते बिहान११ बजे विद्यालयका प्रिन्सिपल सुर्य बहादुर केसिले मतदान गरेपछि औपचारिक रुपमा मतदान सुरु भएर अपरान्ह ४ बजेसम्म सम्पन्न भएको थियो। निर्वाचनले विद्यालयका स्कुल क्याप्टेन, भाइ-क्याप्टेन तथा विभिन्न सदनको काउन्सिलर, क्याप्टेन र भाइस-क्याप्टेन सहित १४ जना प्रतिनिधि छनोट गरेको छ।

    IMG_7545 (1).JPG

    विभिन्न पदको लागि उमेद्वारी दिएका लगभग ६० उम्मेदवारका लागि विद्यालयका कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु,  शिक्षक, कर्मचारी, सहित लगभग एक हजार जना भन्दा बढी मतदाताले मतदान गरेका थिए । मतदान सम्पन्न भएसँगै सोही दिन साँझ मतगणना सम्पन्न गरिएको थियो।

    मतपरिणाम अनुसार स्कुल क्याप्टेन दिपिका कुमारी र भाइ-क्याप्टेन पुजन अधिकारी निर्वाचित भएका छन।त्यस्तै सदन अन्तर्गत निलो सदनमा काउन्सिलर कक्षा १० का रितितृष्णा छेत्री, क्याप्टेन नन्दन बस्नेत, भाइ-क्याप्टेन कुन्जन कार्की निर्वाचित भएका छन। त्यस्तै हरियो सदनअन्तर्गत काउन्सिलर आयुस्मा क्षेत्री, क्याप्टेन  साहस बिक्रम बस्नेत, भाइस- क्याप्टेन सेजल रोका निर्वाचित भए।

    IMG_7531 (1).JPG

    त्यसैगरी पहेलो सदनमा काउन्सिलर फिरोजा देउला, क्याप्टेन अनुराग जैसवाल, भाइस-क्याप्टेन अन्जिला खनाल निर्वाचित भए, भने रातो सदन अन्तर्गत कान्सिलर सुजन राज न्यौपाने, क्याप्टेन स्मृति खनाल र भाइस- क्याप्टेन कृस्टिना गुरुङ निर्वाचित भएकी छन्।

    हरेक वर्ष जस्तै विद्यार्थीमा लोकतान्त्रिक आचरणको सचेतना, नेतृत्व क्षमताको विकास, व्यक्तित्व विकास तथा निर्वाचन प्रक्रियाको बारेमा व्यावहारिक ज्ञान दिने उद्देश्यले यो वर्ष पनि औपचारिक रुपमा नै निर्वाचन सञ्चालन गरिएको प्रिन्सिपल सुर्य बहादुर केसीले बताउनुभयो ।

     नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई जेठ ९ गते एक विशेष समारोहका बीच पद हस्तान्तरण तथा सपथग्रहण गराइएको थियो।

    images
    मंगलवार, जेठ १४ २०८२०९:२६:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार