बुधवार, जेठ १५ २०८२
जेठ, १४ गते काठमाडौँ। राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले काठमाडौँ जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ।
नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा पाँचौं जिल्लाव्यापी अन्तर - विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो।
बुधवार पत्रकार सम्मेलन मार्फत टाइसिट बितरण गरिएको छ। प्रतियोगिता यही जेठ १६ गतेदेखि काठमाडौ महानगरपालिकाको चावहिलस्थित विनायक सिद्ध कलेजको हलमा आयोजना गरिने कार्यक्रम संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा ७० भन्दा बढी विद्यालयहरुको सहभागिता रहने नेसनल प्याब्सन काठमाडौ महानगरका अध्यक्ष नवराज पाण्डेले जानकारी दिनुभयो। उक्त प्रतियोगिता जेठ १६, १७ र १८ गतेसम्म संचालन हुने छ। प्रतियोगिताले विद्यार्थीहरुको समग्र बिकासको लागि महत्वपूर्ण भुमिका खेल्ने भएकोले हाजिरीजवाफ प्रतियोगितामा उल्लेख्य सहभागिता रहने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेसनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेमकुमार भुजेलले विभिन्न अफ्ठ्याराहरुको बाबजुद उल्लेख्य विद्यालयहरुको सहभागिताले हाजिरिजवाफ प्रतियोगिता उपलब्धिमुलक हुने विश्वास ब्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरुको सर्वाङ्गिण बिकासको लागी गरिने हरेक क्रियाकलापहरुमा सक्रिय भएर लाग्न सुझाव दिनुभयो।
पत्रकार सम्मेलन तथा टाइसिट वितरण कार्यक्रम महानगर कमिटी सचिव सुनिल केसीले संचालन गर्नुभयो भने पत्रकार सम्मेलनमा नेसनल प्याब्सन काठमाडौ जिल्लाका पदाधिकारी, महानगर कमिटिका पदाधिकारी तथा सदस्य र विभिन्न स्कुलका प्रिन्सिपल्हरुको उपस्थिति रहेको थियो।
प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको सहभागीता रहने छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने जानकारी दिइएको छ।
