आइतवार, जेठ १९ २०८२
जेठ, १८ गते काठमाडौँ। राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) द्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा 'पाँचौं जिल्लाव्यापी अन्तर - विद्यालय हाजिरिजवाफ प्रतियोगिता' सप्पन्न भएको हो।


प्रतियोगितामा कान्तिपुर इङ्लिस एकेडेमीले पहिलो स्थान हासिल गर्यो। भने ग्लोबल पब्लिक स्कुलले द्वितीय स्थान, काठमाडौ स्कुल अफ सेन्ट्रल स्टेटले तृतीय स्थान र काठमाडौ विद्यामन्दिरले चौथो स्थान हासिल गर्यो। हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो।


उक्त प्रतियोगिता जेठ १६ र १७ दुईदिन सम्म चावहिलस्थित विनायक सिद्ध कलेजमा भएको थियो। प्रतियोगितामा काठमाडौ जिल्ला भरी ६० वटा नेसनल प्याब्सन सदस्य विद्यालहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो।


हाजिरीजवाफ प्रतियोगिताको समारोह नेसनल प्याब्सनका काठमाडौँ महानगरका अध्यक्ष नवराज पाण्डेको सभापतित्व तथा केन्द्रिय अध्यक्ष शुवास न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समारोहमा नेसनल प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पराजुली, महासचिव प्रकाश खड्का, कोषाध्यक्ष खडक बहादुर बस्नेत, केन्द्रिय सदस्य भीष्म पाण्डे, बागमती प्रदेश अध्यक्ष डिएन महतो, काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्का, उपाध्यक्ष प्रेम कुमार भुजेल, कोषाध्यक्ष टंक बहादुर थाप, सहसचिव शिवराम गिरि लगाएत विभिन्न नगरका अध्यक्ष, तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष शुवास न्यौपानेले प्रतियोगिताले विद्यार्थीको समग्र विकासको लागि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। हाजिरिजवाफ प्रतियोगिता (Quick Response Competition) ले विद्यार्थीको विभिन्न पक्षमा सकारात्मक विकास गर्न सहयोग गर्छ। साथै यसले विद्यार्थीको बौद्धिक क्षमता विकास, आत्मविश्वास वृद्धि, सामाजिक तथा सहकार्य भावना बिकास हुने न्यौपानेले बताउनुभयो।

एक अर्को प्रसंगमा अध्यक्ष न्यौपाने सदनमा रहेको बिद्यालय शिक्षा बिधेयकमा विभिन्न छलफल भईरहेको अवस्तामा संस्थागत विद्यालय गुठिमा लैजानुपर्ने व्यबस्था बारे छलफल भएपनी त्यो कुरा सम्भव नरहेको बताउनुभयो। उहाँले हाजिरिजवाफ प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

समारोहमा बोल्दै काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले पाँचौं संस्मरणमा अहिलेसम्मकै धेरै विद्यालय सहभागी भइ भब्य ढंगले समापन भएको बताउनुभयो। जतिसुकै प्रयास गर्दासमेत ५० विद्यालय सहभागी हुदैनथे यसपटक ६० विद्यालय सहभागी भए, खड्काले भन्नुभयो। उहाँले हाजिरिजवाफ प्रतियोगिता केवल मनोरञ्जनको माध्यम मात्र नभई व्यक्तित्व विकासको महत्वपूर्ण साधन रहेको बताउनुभयो।

हाजिरीजवाफ प्रतियोगिता समापन समारोहमा अतिथिहरुको तर्फबाट नेसनल प्याब्सन केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद पराजुली, महासचिव प्रकाश खड्का, प्रदेश अध्यक्ष डिएन महतो, काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खडका र नगरको प्रतिनिधित्व गर्दै नगर अध्यक्ष रञ्जन न्यौपानेले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।

हाजिरीजवाफ प्रतियोगिताको समापन समारोह महानगरका सचिव सुनिल केसीले संचालन गर्नुभयो। भने महानगर सहसचिव टंक गैरेले स्वागत मन्तव्य दिनुभयो। हाजिरीजवाफ प्रतियोगिताको संयोजन सहसचिव प्रकाश श्रेष्ठले गर्नुभएको थियो।

समापन समारोहमा बोल्दै काठमाडौ महानगर अध्यक्ष नवराज पाण्डेले महानगरले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सहभागीताले नेसनल प्याब्सन एक ढिक्का रहेको संदेश प्रवाह गरेको बताउनुभयो । उहाँले सक्रिय भएर विद्यार्थी केन्द्रित कार्यक्रम आयोजना गर्दै संस्थागत विद्यालयहरूको बिकासमा टेवा पुर्याउने कुरामा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।






