आइतवार, जेठ १९ २०८२
जेठ, १८ गते/ काठमाडौँ। संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) को सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा होमकुमार थापा निर्वाचित भएका छन्। तीन बर्से कार्यकालका लागि थापा पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।

महाधिवेशनबाट भूपाल उप्रेती महासचिवमा निर्वाचित भएमा छन्। यसअघि उनी कार्यवाहक महासचिव थिए। उपमहासचिवमा यादव अधिकारी र श्याम कृष्ण मुकावली निर्वाचित भएका छन्। अर्थ उपमहासचिव कुश्मिता तिवारी छन्।
काठमाडौँमा आइतबार सम्पन्न महाधिवेशनबाट २० सदस्यीय नयाँ कार्यसमिति बनेको छ। डा.मोतीराम फुयाँल, केशवराज पाठक र देवीदत्त पौडेल सहअध्यक्ष तथा वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल र सरिता निरौला निर्वाचित भएका छन्।
त्यस्तै, महाधिवेशनबाट महिला, उपत्यका, प्रदेशको प्रतिनिधित्व हुने गरी उपाध्यक्षहरू निर्वाचित भएका छन्। जसमा मनोज खनाल, सुधीर झा, दीपक गौतम, वामदेव ओली, परमानन्द रेग्मी, धर्मराज भट्ट, भवानी पराजुली, इन्दिरा धमला रहेका छन्।