Oct 03 2026 | २०८३, आश्विन १७ गते

सन्तति आविमा सरसफाइ

सन्तति आविमा सरसफाइ

  • 458
    SHARES

  • सन्तति आविमा सरसफाइ

    भक्तपुर, जेठ १८ । सिर्जनानगर नपली स्थित सन्तति आधारभूत विद्यालयका विद्यार्थीहरुले सिथि नखः को अवसरमा नजिकैको ढुङ्गेधारा र इसानेश्वर महादेवको परिसर सरसफाइ गरेको छ ।

    कार्यक्रममा विद्यालयका शिक्षक सत्यराम कासिछ्वाले स्थानीय पाठ्यक्रम अन्तर्गत अध्ययनको विषय रहेको सिथि नखः को माैलिकता, सामाजिक, सांस्कृतिक महत्त्व तथा व्यवहारिक पृष्ठभूमि बारे जानकारी दिनुभयो ।

    उक्त सरसफाइ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ लगायत विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतको सकृय सहभागिता रहेको थियो ।

    सोही कार्यक्रममा कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरूले विद्यालय परिसर, नजिकैको ढुङ्गेधारा तथा इसानेश्वर महादेव परिसर तथा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूले आआफ्नो कक्षाकोठा र विद्यालयको प्रांगणमा सरसफाइ गरेका थिए ।

    images
    सोमवार, जेठ २० २०८२०७:२६:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार