सोमवार, जेठ २० २०८२
जेठ, १९ gate/ काठमाडौँ। विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल गर्न बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ । उपसमितिले बुझाएको प्रतिवेदन माथि छलफल गर्न आज बोलाइएको समितिको बैठक स्थगित भएको हो।
समिति सभापाति अम्मरबहादुर थापाका अनुसार सरकार पक्ष तयार नभएका कारण सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको बताउनुभयो। समितिले दिएको समय सकिएपनि सरकार र महासंघबीच सहमति हुन नसकेको सभापति थापाको भनाई छ।
पहिला ३ दिन माग्नु भयो । फेरि ७ दिन माग्नु भयो । १० दिन दिइसक्यौं । मन्त्रीज्यू महासंघसँग छलफल सकिएको छैन भन्नु हुन्छ,’ सभापति थापाले भने, ‘विधेयकको छलफल अगाडि नबढ्ने भयो ।’
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता गर्न ७ दिनको समय माग गरेपछि ११ जेठमा बैठक स्थगित गरिएको थियो ।