मंगलवार, जेठ २१ २०८२
जेठ, २० गते। काठमाडौ महानगरपालिकाले कलाकृति (Artworks), हस्तकला (Crafts) वा विविध नमूनाहरू (Models) प्रतियोगितामा भाग लिन विद्यार्थीहरुलाई अनुरोध गरेको छ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा महानगरपालिका, वातावरण व्यवस्थापन विभागद्वारा "Wonder of Waste (वन्डर अफ वेस्ट)" शीर्षकमा कलाकृति (Artworks), हस्तकला (Crafts) वा विविध नमूनाहरू (Models) प्रतियोगिता आयोजना गर्ने भएकोले उक्त प्रतियोगितामा भाग लिन अनुरोध हो ।
अन्तरविद्यालय प्रतियोगितामा महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूलाई भाग लिन सक्नेछन् । फोहर व्यवस्थापन, पुनःप्रयोग, पुनर्चक्रण, वायु प्रदूषण नियन्त्रण तथा वातावरण र मानव स्वास्थ्यमा तिनको प्रभावसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रतियोगिता सञ्चालनको उद्देश्य हो ।
प्रतियोगितामा भाग लिन विद्यार्थीहरूले फोहर वा पुनःप्रयोग गरिएका सामग्रीहरू प्रयोग गरी तयार गरिएका कलाकृति प्रस्तुत गर्नुपर्नेछ । प्रतियोगितासम्बन्धी विस्तृत विवरणका लागि पोष्टरमा भएको QR कोड स्क्यान गर्नुहोस् ।
यो कार्यक्रम काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग र Partnership for Healthy Cities को संयुक्त आयोजनामा सञ्चालन गरिँदैछ ।