बिहिवार, जेठ २३ २०८२
जेठ, २२ गते/ काठमाडौ । नागार्जुन नगरपालिका ७ रामकोटस्थित माइलस्टोन युथ इङ्लिस स्कुलले विद्यार्थी मोटिभेसन कार्यक्रम गरेको छ। शिक्षक सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन र विद्यार्थीहरुलाई विभिन्न कुलतबाट बचाउने उदेश्यले उक्त स्कुलले विद्यार्थी मोटिभेसन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा कक्षा ३ देखि १० सम्मका विद्यार्थी सहभागी रहेका थिए । कार्यक्रममा चर्चित प्रशिक्षक इश्वर श्रेष्ठले करिब ३ घण्टा जति विद्यार्थीलाई उत्प्रेरक तथा जिवन उपयोगी ज्ञानका कुराहरु सिकाएका थिए। प्रशिक्षक श्रेष्ठले किन पढ्ने? के पढ्ने?, नकारात्मक बिचार कसरी पन्छ्याउने?, कुलतबाट कसरी छुटकारा पाउने? भन्ने बिषयमा बिशेष भनाइहरु राख्नुभएको थियो।

कार्यक्रममा पढाइलाई उत्कृष्ट बनाई जिबनमा सफल हुन सकिन्छ भन्ने विषयमा प्रशिक्षण पाइसकेपश्चात विद्यार्थीहरुले खुसी हुँदै सकारात्मक धारणाको बिकास भएको प्रतिक्रिया दिएका थिए। उक्त कार्यक्रममा नागार्जुन नगरपालिका वडा न ७ का वडा सदस्य जयराम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उक्त प्रशिक्षणमा सहभागी विद्यार्थीहरु अत्यन्तै प्रभावित भएको र जसले शिक्षण सिकाइ क्रियाकलाप थप प्रभावकारी हुन मद्दत पुग्ने विद्यालय प्रधानाध्यपक शिवराम गिरीले बताउनुभयो।
उक्त प्रशिक्षण कार्यक्रम सहप्रधानाध्यापक दिनेश भट्टराईले सांचालन गर्नुभयो भने इसिए इन्चार्ज बिन्दु गिरिले स्वागत मन्तव्य दिनुभयो।
