Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन काठमाडौद्वारा आयोजित तीन दिने प्रश्नपत्र निर्माण कार्यशाला उद्घाटन

प्याब्सन काठमाडौद्वारा आयोजित तीन दिने प्रश्नपत्र निर्माण कार्यशाला उद्घाटन

  • 1.8K
    SHARES

  • प्याब्सन काठमाडौद्वारा आयोजित तीन दिने प्रश्नपत्र निर्माण कार्यशाला उद्घाटन

    जेठ, २४ गते काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) द्वारा आयोजित तीन दिने प्रश्नपत्र निर्माण कार्यशाला उद्घाटन गरिएको छ। शुक्रबार बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कुलमा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टको सभापतित्व तथा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको प्रमुख आतिथ्यतामा Test Item Development Workshop-2082" कार्यक्रम उद्घाटन गरिएको हो।

    IMG_9782 (2).JPG

    कार्यशालामा अंग्रेजी, नेपाली, गणित, बिज्ञान, समाजिक लगाएत सबै बिषयका करिब २५० भन्दा बढी बिषय शिक्षकहरु सहभागी रहेका छन्। विभिन्न विषयका विज्ञहरुले विषयवस्तुमाथि प्रकाश पार्दै नयाँ पाठ्यक्रमले लिएको लक्ष्य हासिल गर्न शिक्षकको काम र कर्तब्यबोध गराउन र प्रश्नपत्र निर्माण गर्न सघाउ पुग्ने बिश्वास लिइएको छ।

    IMG_9896 (1).JPG

    कार्यक्रममा बोल्दै प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण भण्डारीले कक्षा कोठामा पढाएर मात्रै शिक्षकको कर्तव्य पूरा नहुने भन्दै पाठ्यक्रमको उद्देश्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रश्नपत्र निर्माण प्रक्रिया वैज्ञानिक हुनुपर्ने र शिक्षकले हचुवामा नभई विद्यार्थीको वास्तविक ज्ञानको तह मापन गर्नसक्ने गरी प्रश्नपत्र निर्माण र आन्तरिक मूल्यांकनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    IMG_9906 (1)~2.JPG

    कार्यक्रममा बोल्दै प्रमुख तथा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षाकोठा भित्रको सिकाइ प्रभावकारी बनाउन कार्यशाला गोष्टिले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले विद्यार्थी असफल हुँदा शिक्षकलाई सबैभन्दा बढी दोष आउने भन्दै पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरु के कति हासिल भयो भनी मापन गर्ने प्रमुख आधार नै परीक्षा भएकोले प्रश्नपत्रको स्तरीयतामा विशेष ख्याल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

    IMG_9914 (1)~2.JPG

    अध्यक्ष शर्माले भन्नुभयो, "परिक्षा चार जिपिए कसरी ल्याउने भन्ने कुरा हाम्रो कक्षाकोठा कस्तो छ,? परिक्षा प्रणाली कस्तो छ? प्रश्न पत्र कसरी बन्छ? उत्तर पुस्तिका कसरी जाँच हुन्छ?, भने कुरामा भर पर्छ । त्यसैले शिक्षक नै त्यो चिज हो, जसले शिक्षालाई कायापलट गर्न सक्छ।"

    IMG_9834 (1)~2.JPG

    बच्चाहरुको Learning एकै पटक हुदैन। बच्चालाई बिस्तारै सिकाउने हो। त्यसो हुदा बच्चाले बिर्सिन सक्छ तर बिर्सिन नदिन निरन्तर सिकाइ कायम राख्नुपर्छ।, Internal Assessment प्रभावकारी बनाउनुपर्छ , अध्यक्ष शर्माले भन्नुभयो। कक्षाकोठा Activity परिवर्तन गरेमात्रै परिक्षा प्रणाली परिवर्तन गर्न सकिने उहाँको धारणा छ।

    IMG_9846 (1)~2.JPG

    कार्यक्रममा बोल्दै सभापती तथा काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले कार्यशाला प्रश्नपत्र निर्माण गर्ने कुरामा तालिम केन्द्रित रहने बताउनुभयो। कार्यशाला गोष्ठीपश्चात् प्रत्येक विषयको Subject Export बाट तीन जना छनोट गरि उहाँहरुलाई काठमाडौ प्याब्सनको प्रश्नपत्र निर्माणको जिम्मा दिने बताउनुभयो ।

    1000045616-removebg-preview.png

    कार्यशाला गोष्ठीको उद्घाटनसत्र संचालन प्याब्सन काठमाडौँ जिल्ला सचिव कृष्ण भण्डारीले गर्नुभयो। उक्त कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले स्वागत मन्तव्य र कार्यक्रम बारे बिस्तृत जानकारी दिनुभयो।

    IMG_9858 (1)~2.JPGIMG_9823 (1)~2.JPG

    उद्घाटन समारोह पश्चात् बिषयगत आधारमा समूह छुट्याई विषय बिज्ञ्हरुले तालिम संचालन गर्ने छन। उक्त गोष्टि आइतवार सकिने छ।

    उक्त कार्यक्रममा विशिष्ट अतिथि जयराम अधिकारी, महानिर्देशक, शैक्षिक गुणस्तर परीक्षा केन्द्र, कृष्ण प्रसाद काप्रीज्यू, महानिर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, युवराज पौडेलज्यू, महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र, हरि प्रसाद निरौलाज्यू, उप-महानिर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, डा. गणेश प्रसाद भट्टराई, परीक्षा नियन्त्रक, माध्यमिक शिक्षा परीक्षा (कक्षा १०), सानोठिमी, प्याब्सन केन्द्रिय वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल, किशोर गौतम, संगिता सिलवाल, सन्तोषमणी न्यौपाने, थकिन कुमार गुरुङ, महासचिव आर. वि. कटुवाल कोषाध्यक्ष  गणेशबाबु पोखरेल  बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश सञ्जेल लगाएत प्याब्सन केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यज्यूहरू प्याब्सन वागमती प्रदेश कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो।

    IMG_9976 (1).JPG

    images
    शनिवार, जेठ २५ २०८२०८:०४:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार