Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेफद्वारा आयोजित अन्तर- विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेफद्वारा आयोजित अन्तर- विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • 1.3K
    SHARES

  • नेफद्वारा आयोजित अन्तर- विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    जेठ, २५ गते/ काठमाडौँ। उत्तर भेगिय शैक्षिक मञ्च (नेफ) द्वारा आयोजित 'अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता' सम्पन्न भएको छ। नेफका अध्यक्ष नारायण रोकाको सभापतित्व तथा टोखा नगरपालिकाका शिक्षा बिभाग प्रमुख बाबुराम गौतमको प्रमुख आतिथ्यतामा अन्तर- विद्यालय वक्तृत्वकला प्रतियोगिता २०८२ सम्पन्न भएको हो।

    IMG_9995 (1).JPG

    प्रतियोगितामा नेफ आबद्ध विद्यालयबाट ३९ जना विद्यार्थी प्रतियोगी सहभागी रहेका थिए। जसमा कक्षा १ देखि ४ सम्म तर्फ १२ जना र निमावि तह (जुनियर) कक्षा ५ देखि ७ सम्म १४ जना र माद्यामिक तह (सिनियर) कक्षा ८ देखि १० सम्म १३ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए।

    IMG_0012 (2).JPG

    वक्तृत्वकला प्रतियोगितामा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुको लागि 'मन पर्ने विषय किन र कसरी?' भन्ने विषय चयन गरिएको थियो। त्यस्तै कक्षा ५ देखि ७ सम्मका विद्यार्थीको लागि 'सामाजिक संजाल अवसर र चुनौती' विषय चयन गरिएको थियो। र कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुको लागि 'सवै बालबालिकाको विद्यालयमा सहभागीता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' बिषय चयन गरिएको थियो।

    IMG_0204 (1)~2.JPG

    यी बिषयमा विद्यार्थीहरुले अत्यन्तै सान्दर्भिक मतहरु पेश गरेका थिए। जसमा आधारभूत तर्फ प्यारामाउन्ट (Paramount) स्कुलकि कक्षा ३ वर्षा पौडेलले प्रथम स्थान हासिल गरिन। त्यसैगरी बालबिकास बोर्डिङ स्कुलकी Dichen Titung द्वितीय र जेबि स्कुलकी डेनि शाहिले तृतीय स्थान हासिल गर्यो।

    IMG_0196 (2)~2.JPG

    त्यसैगरी जुनियर ( निम्नमाध्यमिक तह) तर्फ ग्रीनल्याण्ड बोर्डिङ स्कुलकी आयुश्मा आलेले प्रथम स्थान हासिल गरिन। त्यस्तै ग्रीनल्याण्ड बोर्डिङ स्कुलकै सुमित पन्तले द्वितीय स्थान, र प्यारामाउन्ट Paramount) स्कुलकी जस्मिन लिमेल मगर (Jesmin Limel Magar) ले तृतीय स्थान हासिल गरिन।

    IMG_0207 (1)~2.JPG

    त्यसैगरी सिनियर ( माद्यामिक तह) प्यारामाउन्ट स्कुलका समीक रावतले प्रथम स्थान हासिल गरिन। त्यस्तै ग्रीनल्याण्ड बोर्डिङ स्कुलकी प्रनिशा न्यौपानेले द्वितीय र ओडिसी इन्टरनेशनल स्कुलकी अन्जिला तामाङले तृतीय स्थान हासिल गरिन।

    IMG_0213 (1)~2.JPG

    प्रतियोगितामा पहिलो, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

    उक्त कार्यक्रममा बोल्दै नेफका अध्यक्ष तथा सभापति नारायण रोकाले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूको समग्र बिकासमा महत्वोपुर्ण हुने बताउनुभयो । उहाँले सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो।

    IMG_0025 (2)~2.JPG

    त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी तथा नगर शिक्षा प्रमुख बाबुराम गौतमले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थी बोल्ने शैलिमा बिकास, आत्मविश्वास र स्मरण गर्ने बानिको बिकास गर्ने बताउनुभयो ।

    IMG_0045 (1)~2.JPG

    त्यसैगरी प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा ग्रीनल्याण्ड बोर्डिङ स्कुलका फाउन्डर प्रिन्सिपल थाकिङ कुमार गुरुङले वाक् कलाले विद्यार्थीहरुमा आत्मविश्वासको बिकास हुने बताउनुभयो। बोल्दा शब्द चयन कसरी गर्ने, कसरी बोल्ने भन्ने बारे विद्यार्थीहरुले खेज्ने भएकोले यसले उनिहरुको स्मरण शक्तिमा समेत वृद्धि बिकास हुने बताउनुभयो । गुरुङले स्कुल शिक्षामा भाषा महत्वपूर्ण हुने बताउनुभयो साथै वक्तृत्वकला प्रतियोगिताले तर्क दिने क्षमताको बिकास हुने उहाँको भनाइ छ।

    IMG_0179 (1)~2.JPG

    उक्त प्रतियोगिता टोखा नगरपालिका, ८ धापासीस्थित ग्रीनल्याण्ड बोर्डिङ स्कुलमा आयोजना गरिएको थियो। उक्त कार्यक्रम ग्रीनल्याण्ड स्कुलका भाइस प्रिन्सिपल बिनोद घिमिरेले स्वागत मन्तव्य दिनुभयो ।

    IMG_0019 (2)~2.JPGIMG_0249 (1).JPG

    images
    आइतवार, जेठ २६ २०८२०१:१३:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार