सोमवार, जेठ २७ २०८२
काभ्रेपलान्चोक, २७ जेठ। काभ्रेको दुर्गम क्षेत्र काेशीपारीकाे एक विद्यालयमा खेरजाने (scrap) सामाग्री/बस्तुहरुबाट गणित उद्यान (MATH PARK) निर्माण गरिएको छ। भुम्लु, १ रिट्ठे मा अवस्थित सेतिदेवी माद्यामिक विद्यालयका शिक्षकहरुले खाली समय (leisure periods) लाई सदुपयोग गर्दै खेरजाने (scrap) सामाग्रीहरुबाट गणित उद्यान (म्याथ पार्क) निर्माण गरिएको हो ।

दुर्गम ठाँउ , नगन्य लागत तथा नितान्त शिक्षकहरुको मिहिनेतले खाली समयलाई सदुपयोग गर्दै निर्माण गरिएको उक्त गणित उद्यानले शिक्षकहरुको हौसला बढाउनुका साथै सकारात्मक धारणाको बिकास गरेको छ।
साथै यसबाट विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउन सघाउ पुर्याएको माध्यामिक विद्यालय cordinatior मानव रावलले बताउनुभयो । गणित उद्यान प्रयोगात्मक र जीवनोपयोगी बनेको छ, रावलले भन्नुभयो, म्याथ पार्कले विद्यार्थीहरूको सोच, सिकाइको तरिका, गणितप्रतिको दृष्टिकोण र आत्मविश्वासमा महत्वपूर्ण परिवर्तन ल्याएको अनुभब गिरिएकाे छ ।"

यस विद्यालयमा १२० जना विद्यार्थी रहेका छन्। गणित उद्यानमा गणित बिषयमा लागू हुने अंक, फर्मुला तथा चित्रहरु राखिएको छन्। विद्यार्थीहरुलाई गणित सिक्न सजिलो होस भनेर विद्यालयमा खेर जाने सामाग्रीहरुको प्रयोग गरेर गणित उद्यान निर्माण गरिएको प्रधानाध्यापक अमर प्रधानले बताउनुभयो। उहाँले Activities Base शिक्षण बिधिको प्रयाेगबाट नतिजा सुधारमा सघाउ पुर्याएको बताउनुभयो।
दुर्गम जिल्लामा बनेको यो सम्भवत नेपालमा पहिलो गणित उद्यान हो। विद्यार्थीहरुले गणितलाई अप्ठ्यारो रुपमा लिन्छन् । यसले विद्यार्थीहरुलाई सिक्न सहज हुन्छ भनेर पार्क निर्माण गरिएको प्रधानको भनाई छ।

बि.सं. २०२९ साल मंसिर २९ गते स्थापना भएको सेतिदेवी माद्यामिक विद्यालय यस क्षेत्रकै उत्कृष्ट विद्यालय मानिदै आएको छ। विद्यालय हाल कक्षा १२ सम्म संचालनमा छ। यस विद्यालयमा कक्षा ११ र १२ का साथै सिटिइभिटी बाट सम्बन्धन लिएर प्राविधिक शिक्षामा बाली बिज्ञान १८ महिने कोर्ष पनि पढाइ हुने गरेको छ।
विद्यालयमा विद्यार्थीले बिर्सनै नहुने र उनिहरुलाई सम्झिन सजिलो होस भनेर बिभिन्न ठाउँमा ठुला ब्यक्तिहरुको उक्तिहरु लेखेर राखिएको छ। विद्यालयमा ट्राफिक सिग्नल, जेब्रा क्रसिङ बारे सिक्न विद्यालय हाताभित्र लाइट र जेब्रा क्रसिङ्को ब्यबस्था पनि गरिएको छ।


