Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • 441
    SHARES

  • विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    जेठ, २६ गते/ बाँके। कोहलपुर नगरपालिका वडा नं.१२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आइतवार एक कार्यक्रमका विच सेवा र विकासका लागि युवाको आयोजनामा १२० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

    कार्यक्रममा वडा नं. १२ का अध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नं। १३ का अध्यक्ष, डम्बर बहादुर खड्का, कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, अशोक गौडेल, महिला उद्यमी तथा सामाजिक व्यक्तित्व अन्जना पाँडे, सेवा र विकासका लागि युवाका केन्द्रीय संयोजक, प्रकाश कुमार शर्मा, प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी केन्द्रीय सदस्य, जनता रैका लगायतको उपस्थिति रहेको थियो।

    वडा नं. १२ का अध्यक्ष वीरेन्द्र कुमार शाहले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु जस्तै कार्य युवाहरूबाट हुनु निकै सराहनीय रहेको बताए । “हामी जनप्रतिनिधिले गर्नुपर्ने काम यस्ता संस्थाले अघि बढेर गरेका छन्, यसमा म अत्यन्त खुसी छु,” उनले भने ।

    यसैगरी वडा नं. १३ का वडा अध्यक्ष खड्काले भविष्यमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा रहेको जनाउँदै विद्यार्थीको शिक्षामा सशक्त भूमिका खेल्न युवाहरूलाई निरन्तर लागिरहन आह्वान गरे ।कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको तथा समुदायमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताए ।

    images
    सोमवार, जेठ २७ २०८२०७:५८:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार