Jul 27 2026 | २०८३, श्रावण ११ गते

गर्मी बढेपछि तराईका विभिन्न पालिकामा विद्यालय बन्द

गर्मी बढेपछि तराईका विभिन्न पालिकामा विद्यालय बन्द

  • 588
    SHARES

  • गर्मी बढेपछि तराईका विभिन्न पालिकामा विद्यालय बन्द

    तौलिहवा(कपिलवस्तु), जेठ २७ गते । अत्यधिक गर्मी बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै तराईमा विभिन्न पालिकाहरूले विद्यालय बन्द गरिएका छन् । गर्मिका कारण विद्यार्थीहरु बेहोस हुने, निदाउने, बिरामि समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

    चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कपिलवस्तुका बाणगङ्गा र बुद्धभूमि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

    भरतपुर महानगरपालिका, बिराटनगर महानगरपालिका, कलैया उपमहानगरपालिका, कमलामाई नगरपालिकाले ३ दिन, बुद्धभूमि र बाणगङ्गा नगरपालिकाले चार दिन मङ्गलबारदेखि शुक्रबार सम्म र कपिलवस्तु नगरपालिकाले तीन दिन बुधबार देखि शुक्रबार सम्म बिदा दिइएको छ। त्यसैगरी बेलौरी नगरपालिकाले दुई दिनका लागि वर्षे विदाबाट मिलान हुनेगरी विद्यालय विदा गरेका छन् ।

    FB_IMG_1749569446916.jpg

    FB_IMG_1749548496566.jpgFB_IMG_1749547632059.jpgFB_IMG_1749554063075.jpgFB_IMG_1749547632059.jpg

    images
    मंगलवार, जेठ २८ २०८२०९:०१:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार