बुधवार, जेठ २९ २०८२
एठ, २८ गते/वीरगन्ज : अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै पर्साको वीरगन्ज महानगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिएको छ।
गर्मीले बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परि कक्षाकोठामै बेहाेस हुन थालेपछि वीरगन्ज महानगरले जेठ २९ र ३० गते दुई दिन सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
बुधबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले सूचना जारी गर्दै गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा असर पारेकाले महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन पठनपाठन स्थगित गरिएको जनाएका छन्।
