Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकहरुसंग गरिएको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक

शिक्षकहरुसंग गरिएको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक

  • 636
    SHARES

  • शिक्षकहरुसंग गरिएको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षकहरुसंग गरिएको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ ।बिहीबार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

    उहाँले नेपाली कांग्रेस विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले उठाएको माग सम्बोधन गर्ने विषयमा एकमत रहेको र सहमति र सम्झौताबमोजिम शिक्षा विधेयक पारित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

    लेखकले शिक्षक आन्दोलनको स्मरण गर्दै शिक्षकले विद्यालय र कक्षा कोठामा मात्र नभई सडकमा समेत कसरी प्रस्तुत हुनुपर्छ भनेर विद्यार्थीलाई पाठ सिकाएको बताउदै सदन सुचारु भएपछि सम्झौताअनुसार असार १५ गते नै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     

    images
    बिहिवार, जेठ ३० २०८२०७:००:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार