शनिवार, जेठ ३२ २०८२
जेठ, ३१ गते/ काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले निजि विद्यालय कम्पनी र गुठी दुवै तरिकाले सञ्चालन गर्ने दिने प्रस्ताव गरेको छ्। निजी विद्यालयलाई गुठी वा कम्पनी जसरी सञ्चालन गर्न सहज हुन्छ त्यही गर्न दिने गरी सरकारले प्रस्ताव गरेको हो ।
सरकारले प्रस्ताव नै नल्याएको भन्दै आलोचना भइरहेका बेला शिक्षामन्त्री रघुजी पन्तले आज शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमा सुझाव पेश गरेका थिए।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रलाई निषेध गरेर अगाडि बढ्न नसकिने भन्दै कम्पनी वा गुठीअन्तर्गत नै सञ्चालन गर्न दिने प्रस्ताव पेश बताए। गुठीमा जान चाहने विद्यालयलाई प्रोत्साहन गर्नुपर्ने भन्दै मन्त्री पन्तले निजि विद्यालयलाई नियमनमा भने कडाइ गर्नुपर्ने बताए।
मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भएको तर केही बुँदामा फरक धारणा रहेको बताए । ‘शिक्षक महासँग वार्ता गर्यौं । ६ पटक बैठक बस्यो । सहमति २७ बुँदा नै हो । २७ बुँदामा फरक-फरक छ’, उनले भने ।