Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थीलाई +२ गर्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्छ ।

विद्यार्थीलाई +२ गर्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्छ ।

  • 690
    SHARES

  • विद्यार्थीलाई +२ गर्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्छ ।

    काठमाडौँ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यार्थीलाई कक्षा १२ पढ्ने बित्तिकै एनओसी दिने कार्य रोक्नुपर्ने बताउनुभएको छ। सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताउनु भएको हो।

    उहाँले कक्षा १२ पास गर्दा उनीहरूको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको बताउनुभयो । सबै राजनीतिक दलहरू एकमत भएर बोल्ड निर्णय गर्न जरुरी रहेको छ। मन्त्री पन्तले भन्नुभयो, 'डिप्लोमा नगरी विदेश अध्ययन गर्न जाने कुराले देशको भविष्य अन्धकार हुँदै गएको छ।'

    मन्त्री पन्तले भन्नुभयो, ‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, + २ पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन । न उमेर पुगेको हुन्छ, भन्न मिल्छ कि मिल्दैन, कतिपय कन्सलटेन्सीहरुले १०,१२,१५ लाख लिएर कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर पठाइदिएका छन् । ती युनिभर्सिटीहरू राम्रा होइनन् भन्नेछ । रोक्न खोज्यो सकिएन । यो अवस्थामा हाम्रो उच्च शिक्षा छ । बैँकबाट हेर्दा १ खर्ब केही अर्ब पुग्ला तर अवैध रूपमा उनीहरूले लैजाने पैसाको हिसाब हेर्दा २ खर्ब गइरहेको छ । सकिन्छ सकिँदतर राष्ट्रले एकमत भएर बोल्ड निर्णय गर्नुपर्छ ।’

    ‘एक्स्ट्रा ट्यालेन्ट छ, राम्रो युनिभर्सिटीबाट छात्रवृत्ति पाउँछ, प्लस टु गरे पनि पठाइदिउँ । तर होइन भने नपठाऔँ । १ करोड खर्च गर्नेलाई ट्रम्पले बोरा बोकाएर पठाएको त देखिहाल्नुभयो । सम्भव भएसम्म राजनीतिक दलहरूले एकमत भएर निर्णय गरेन भने एउटा मन्त्रीले मात्रै सक्दैन । यो प्लस टु पास गर्नासाथ विदेश जाने कुरा रोक्न । होइन भने देशको भविष्य ध्यानमा राख्ने हो भने कमसेकम डिप्लोमा पास नगरी एनओसी दिने कुरा रोक्नुपर्छ । अहिलेको परिस्थितिले त्यही देखाउँछ ।’ शिक्षा मन्त्री पन्तले भन्नुभयो।

    विद्यार्थी पलायन हुनबाट रोक्नका लागि के गर्ने भन्नेमा आफू चिन्तित रहेको र राति निन्द्रासमेत नलाग्ने गरेको बताउनुभयो। उहाँले मुलुक भित्रभित्रै खोक्रो बनिरहेको र त्यसलाई रिफर्म गर्न शिक्षा मन्त्रालय तयार रहेको पमि बताउनुभयो।

    images
    आइतवार, आषाढ १ २०८२०७:४९:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार