आइतवार, आषाढ १ २०८२
१ असार, काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)नागार्जुन नगर समितिद्वारा आयोजित अन्तर-विद्यालय हिज्जे प्रतियोगिता (Spelling Contest) सम्पन्न भएको छ। शुक्रवार सितापाइलास्थित इलेन मेमोरियल स्कुलमा आयोजित नागार्जुन प्याब्सनका अध्यक्ष वासुदेव घिमिरेको सभापतित्व तथा प्याब्सन काठमाडौं जिल्ला वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाको प्रथम आतिथ्यतामा अन्तर- विद्यालय हिज्य प्रतियोगिता २०८२ सम्पन्न भएको हो।

प्रतियोगितामा नागार्जुन नगरपालिका भरिबाट २६ विद्यालय सहभागी रहेका थिए। प्रतियोगितामा कक्षा ३,४ र ५ का विद्यार्थी सहभागी रहेका थिए।
उक्त प्रतियोगितामा स्वयम्भूस्थित द एक्सेल पब्लिक स्कुलका विद्यार्थीले प्रथम स्थान हासिल गरे। त्यसैगरी भिमढुङ्गा स्थित श्री नवीन ज्योति इङ्लिस स्कुल द्वितीय, ज्योति एकेडेमीले तृतीय स्थान, मण्डला इन्टरनेशनल स्कुल चौथो, लिटिल क्लाइम्बर्स स्कुल पाँचौं, र नागार्जुन भ्याली एकेडेमीले छैटौं स्थान हाँसिल गर्यो उक्त प्रतियोगितामा पहिलो, द्वितीय र तृतीय स्थान, चौथो, पाँचौं र छैठौं स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।


उक्त कार्यक्रममा बोल्दै प्याब्सन नागार्जुनका अध्यक्ष तथा सभापति वासुदेव घिमिरेले spelling Contest ले विद्यार्थीहरूको समग्र बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले हिज्जे प्रतियोगिताले शब्दकोषको ज्ञान, भाषिक दक्षता आत्मविश्वास र स्मरण गर्ने बानिको बिकास गर्ने बताउनुभयो ।

हिज्जे प्रतियोगिता समारोहमा प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष सुर्य बहादुर भण्डारी, परिक्षा सचिव जयराम चापागाईं लगाएत नागार्जुन नगर समितिका पदाधिकारी, सदस्य र विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो।
उक्त प्रतियोगितामा काठमाडौ जिल्ला प्याब्सनका परीक्षा सचिव जयराम चापागाईं र नागर्जुन नगर समितिका कोषाध्यक्ष हिरा र हिरालाल खनाल निर्णायकको रुपमा रहनुभयो, भने नागार्जुन सचिव प्रकाश शाहीले कार्यक्रम संचालन गर्नुभयो।
