बिहिवार, आषाढ ५ २०८२
काठमाडौँ, ०५, असार। काठमाडौं विश्वविद्यालय (केयू) को स्कुल अफ एजुकेशन (KUSOED) अन्तर्गत “स्कुल काउन्सिल एण्ड साइकोलोजिकल वेल विइङ सपोर्ट सेन्टर” ले प्रथम विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता कार्यशाला आयोजना गर्ने भएको छ ।

बिहिवार ललितपुरको भिभान्त होटेलमा एक पत्रकार सम्मेलन गर्दै विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा गरिने प्रथम राष्ट्रिय सम्मेलन तथा कार्यशाला आयोजनाको तयारी पूरा भएको जानकारी दिएको छ।
“दीगो खुसीको लागि स्व-रूपान्तरण” नारा दिइएको उक्त कार्यशाला असार ६ गते ललितपुरमा आयोजनामा गर्न लागिएको सेन्टरका संयोजक उपप्राध्यापक श्रीकृष्ण वाग्लेले जानकारी दिनुभयो । संयाेजक वाग्लेका अनुसार कार्यक्रममा २ वटा कार्यपत्र प्रस्तुतीकरण तथा १ प्यानल डिस्कसन कार्यक्रम संचालन हुनेछ ।
विद्यालय मनोबिमर्श सामाजिक र मनोभावनात्मक तन्दुरुस्ती आरोग्यताको सन्दर्भमा एउटा नयाँ बहस छेड्नको लागि राष्ट्रिय सम्मेलन आयोजना गरेको उपप्राध्यापक चेतनाथ पन्तले बताउनुभयो।
कार्यक्रममा प्रकाशित भइसकेका आठ वटा जर्नल आर्टिकलको विषयमा छलफल पन्तले हुने जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा १०० जना अनुसन्धानकर्ता, विभिन्न विद्यालयका प्रिन्सिपल तथा विद्यार्थीहरुले सहभागिता सुनिश्चित भइसकेको छ ।

सम्मेलनको माध्यमबाट विद्यालय मनोविमर्श मानसिक सामाजिक तथा भावनात्मक आरोग्यता सम्बन्धमा नयाँ बहसको शुरूवात हुने अपेक्षा गरिएको संयोजन समितिका सदस्य माधव खतिवडाको जानकारी दिनुभयो ।
समाराेहमा स्कुल काउन्सलर एसोसिएसन नेपालको गठनको प्रस्ताव पेश गर्ने जनाइएको छ ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत हाल SCHOOL COUNSELING AND PSYCHOLOGICAL WELLBEING युनिट मार्फत स्नातकोत्तर एक बर्षे तथा दुई बर्षे MPHIL, तथा PHD कार्यक्रमहरु संचालन गर्दै आएको छ। सेन्टरले पहिलो पटक जर्नलसमेत विमोचन गर्ने तयारी गरेको छ ।
यस सम्मेलनको माद्यमबाट बिद्यालय मनोविमर्श मानसिक, सामाजिक तथा भावनात्मक आरोग्यग्ता सम्बन्धमा एउटा नयाँ बहसको थालनी हुने विश्वास लिइएको छ।