Jul 27 2026 | २०८३, श्रावण ११ गते

कोपिला भ्याली स्कुल विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल

कोपिला भ्याली स्कुल विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल

  • 925
    SHARES

  • कोपिला भ्याली स्कुल विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल

    सुर्ल्हेत, ६ असार। जिल्लाको विरेन्द्रनगरस्थित कोपिला भ्याली स्कूलले विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ (World’s Best School Prizes 2025) को वातावरणीय कार्य श्रेणीमा शीर्ष १० मा स्थान बनाएर नेपालको शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

    बेलायतस्थित शैक्षिक संस्था ‘टी–फोर एजुकेसन’ द्वारा आयोजित ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार–२०२४’ मा यस विद्यालय ‘पर्यावरणीय पहल’ विधा अन्तर्गत विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल भएको हो।

    Screenshot_2025-06-20-06-45-23-30_680d03679600f7af0b4c700c6b270fe7.jpg

    सन् २०२२ देखि शुरू भएको यो प्रतिष्ठित पुरस्कारमा नेपालको कुनै पनि विद्यालय पहिलोपटक शीर्ष १० मा छनोट भई विश्व मञ्चमा नेपाली शिक्षाको गौरव बढाएको छ।

    कर्णाली प्रदेशको वीरेन्द्रनगरमा अवस्थित कोपिला भ्याली स्कूल एक स्वतन्त्र, गैरनाफामूलक संस्था हो, जसले विपन्न पृष्ठभूमिका ४०० भन्दा बढी बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। ‘ग्रीन स्कूल’ अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षण र दिगोपनालाई शिक्षाको मूल हिस्साका रूपमा स्थापित गर्ने यो विद्यालयको नवप्रवर्तनशील प्रयासले विश्व समुदायको ध्यान खिचेको छ। यो स्कूलले बालबालिकालाई शिक्षासँगै वातावरणीय सचेतना र सामाजिक मूल्यहरू सिकाउँदै दिगो भविष्य निर्माणमा योगदान पुर्‍याइरहेको छ।

    यो पुरस्कार वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती सामना गर्ने क्षमता, र स्वस्थ जीवनशैली गरी पाँच विधामा प्रदान गरिन्छ। विजेताहरू विशेषज्ञ निर्णायक मण्डलले छनोट गर्नेछन्, र हाल विश्वभरका मानिसहरूले अनलाइन भोटिङमार्फत आफ्नो मनपर्ने विद्यालयलाई समर्थन गर्न सक्ने व्यवस्था छ। सन् २०२५ को अक्टोबरमा विजेताहरू घोषणा गरिनेछ, र शीर्ष ५० मा परेका विद्यालयहरूले नोभेम्बर १५–१६ मा यूएईको अबुधाबीमा आयोजना हुने ग्लोबल नीति संवाद कार्यक्रममा सहभागिता जनाउनेछन्। यो कार्यक्रममा कोपिला भ्याली स्कूलले विश्वका नीति निर्माता र शिक्षाविद्हरूसँग आफ्ना अनुभव र योजनाहरू साझा गर्ने अवसर पाउनेछ।

    Screenshot_2025-06-20-06-56-16-75_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpg

    यो उपलब्धि कोपिला भ्याली स्कूलको मात्र नभई समग्र नेपाली शिक्षा क्षेत्रको गर्वको विषय बनेको छ। कर्णालीजस्तो दुर्गम क्षेत्रबाट विश्व मञ्चमा प्रतिनिधित्व गर्नुले नेपालको शैक्षिक सम्भावनालाई उजागर गरेको छ। यो सम्मानले नेपालका अन्य विद्यालयहरूलाई पनि दिगो र नवप्रवर्तनशील शिक्षाको दिशामा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    images
    शुक्रवार, आषाढ ६ २०८२०६:५३:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार