आइतवार, आषाढ ८ २०८२
असार, ८ गते काठमाडौँ। नेपाल राष्ट्रिय शिक्षक संगठनको चौधौं महाधिवेशनबाट अध्यक्ष पदमा हंसबहादुर शाही निर्वाचित भएका छन। यसअघि दुई कार्यकाल महासचिव भइसकेका शाही अध्यक्षमा निर्वाचित भएका हुन्।
संगठनको १४ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चुन्न शनिबार राति विद्युतीय मतदान भएको थियो।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष (महिला) तर्फत अम्बिका चापागाईं चुनिएकी छन्। भने महासचिवमा प्रकाश खनाल निर्वाचित भएका छन।
