आइतवार, आषाढ ८ २०८२
असार ८ गते / बर्दिया। जिल्लाको जिल्लाको राजापुर नगरपालिकामा आर्थिक अवस्था कमजोर भएका बिपन्न छात्रालाई साइकल वितरण गरेको छ। विद्यालयमा अध्ययनरत बालिकालाई नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न साइकल वितरण गरेको हो।
राजापुर नगरपालिका ९ गोडियानाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत रहेका पाँच जना छात्रा र वडा नं. ८ मा रहेको भेरी माध्यमिक विद्यालयमा अध्ययनरत ९ जना छात्र गरी १४ जना छात्राका लागी साइकल वितरण गरिएको हो । आर्थिक अवस्था न्यून भएका कारण उनीहरूको अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले साइकल वितरण गरिएको जनाइएको छ।
राजापुर नगरपालिका र मधुवन नगरपालिकाका विद्यालयमा अध्ययनरत ३१ जना छात्रालाई अध्ययनमा रुचि जगाउने उद्देश्यले साइकल वितरण गरिए पछि विद्यालय आउन समस्या भएका छात्राहरू समेत खुसी भएका छन् । बालविवाह न्यूनीकरणमा काम गर्दे आइरहेको बाँके युनेस्काे क्लबले सशक्त बालिका परियोजना अन्तर्गत छात्राहरूको अध्ययनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ। आफ्नो घर देखि विद्यालय आउन समस्या भएका बेला आफूलाई साइकल सहयोग गरेर विद्यालय आउने वातावरण बनाइदिएको भेरी माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा रित्तीका थारूले बताइन ।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा छात्राहरूको पढाई बिचमानै छुटने देखिए पछि उनीहरूको अध्ययनलाई निरन्तरता दिन साइकल वितरण गरिएको भेरी माध्यमिक विद्यालय ललितापुरका प्रधानाध्यापक शिवकुमार कोइरालाले बताउनुभयो ।
राजापुरमा रहेका दुई वटा विद्यालयका १४ र मधुवन नगरपालिकामा रहेका १७ जना छात्रालाई विद्यालयमा आवत जावत गर्न सहज होस भन्ने उद्देश्यले प्लान इन्टरनेसनलको सहयोगमा साइकल वितरण गरिएको बाँके युनेस्काे क्लब सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बि.कले बताउनुभयो ।
।