Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकसंगको सहमतीका आधारमा शिक्षा ऐन ल्याउन बहना नबनोस भनेर सदनको अवरोध हटायौँ - प्रचण्ड ।

शिक्षकसंगको सहमतीका आधारमा शिक्षा ऐन ल्याउन बहना नबनोस भनेर सदनको अवरोध हटायौँ - प्रचण्ड ।

  • 692
    SHARES

  • शिक्षकसंगको सहमतीका आधारमा शिक्षा ऐन  ल्याउन बहना नबनोस भनेर सदनको अवरोध हटायौँ - प्रचण्ड ।

    काठमाडौँ। पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसंग गरिएको सहमतीका आधारमा शिक्षा ऐन ल्याउ बहना नबनोस भनेर सदनको अवरोध गर्नबाट पछि हटेको बताउनुभएको छ। सोमवार खुमलटारमा नेपाल शिक्षक महासंघका पदाधिकारीसँगको भेटमा प्रचण्डले यस्तो बताउनुभएको हो।

     

    देशको भविष्यसँग सम्बन्धित पेशा भएकाले शिक्षकका जायज माग कुनै शर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।

    ‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ’, प्रचण्डले भन्नुभयो, ‘ हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना बनाउन नसकोस् भनेर गरेका हौँ।’

    भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा गरे।

    उनीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक अस्थिरता र अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे।

    images
    सोमवार, आषाढ ९ २०८२११:०७:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार