Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई नतिजा प्रकाशनको अन्तिम तयारी: एक साताभित्र सार्वजनिक हुने

एसइई नतिजा प्रकाशनको अन्तिम तयारी: एक साताभित्र सार्वजनिक हुने

  • 543
    SHARES

  • एसइई नतिजा प्रकाशनको अन्तिम तयारी: एक साताभित्र सार्वजनिक हुने

    काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ।

    परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

    भट्टराईले भन्नुभयो, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।”

    यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको थियो। तर गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

     

    images
    बिहिवार, आषाढ १२ २०८२०७:१६:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार