Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई नजिता अन्तिम चरणमा, आजै बोर्डको बैठक बस्दै

एसईई नजिता अन्तिम चरणमा, आजै बोर्डको बैठक बस्दै

  • 552
    SHARES

  • एसईई नजिता अन्तिम चरणमा, आजै बोर्डको बैठक बस्दै

    असार, १४ गते/ काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए ।

    नतिजा प्रकाशनका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’

    सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताए ।

    २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । 

    नतिजा सार्वजनिक गर्नको लागि बिहिबार राति नतिजाको प्रारम्भिक डेमो परीक्षण सम्पन्न भइसकेको छ। आज बिहान बोर्डका सदस्यहरूलाई डेमो देखाउने कार्यक्रम रहेको छ। 

    नतिजा हेर्न राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण SMS, IVR र Website बाट हेर्न सकिने छ।

    FB_IMG_1750987450701.jpg

    images
    शुक्रवार, आषाढ १३ २०८२०७:१३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार