शुक्रवार, आषाढ १३ २०८२
असार, १३ काठमाडौ । एभरेष्ट इनोभेटिभ स्कुल / कलेज (EIC) काठमाण्डौ महानगरको सोल्टिमोडमा उत्कृष्ट एकेडमिक हबको रुपमा बिकास भइरहेको छ। एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्न एभरेस्ट कलेजले संसारमा भइरहेको बिकास र परिवर्तनलाई मध्यनजर गर्दै नयाँ विकसित शिक्षण पद्धतिको प्रयोग गरी शिक्षामा व्यवहारिक दृष्टिकोण प्रयोग गर्दै आइरहेको छ।
शिक्षा र खेलकुद मन्त्रालय नेपालसँग सम्बद्ध, उत्साही शिक्षाविद्हरूको समूहले बि.सं. २००६ मा बानेश्वरमा स्थापना भएको एभरेष्ट सेकेन्डरी स्कूल (ESS), हाल काठमाडौ महानगरपालिका सोल्टीमोड, कालीमाटी रहेको छ।
गुणस्तरीय शिक्षा, करियर विकास, अनुशासन र विद्यार्थी केन्द्रित सिकाइ विधिहरू प्राथमिक तह देखि उच्च शिक्षा प्रदान गर्दै आएको एभरेष्ट इनोभेटिभ कलेज (EIC) त्रिभुवन विश्वविद्यालयसँग आबद्ध छ।

विद्यालयदेखि विश्वविद्यालय स्तरसम्म उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा क्षेत्रमा लामो समय योगदान गर्दै आएका यहाँका बिषयबिज्ञ सञ्चालक र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा निकै उत्सुक देखिन्छन् ।
यसैक्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयसंग सम्बन्धित रहेर विद्यार्थी मिडिया याण्ड टेक्नोलोजी अन्तर्गत bidharthi.com का सम्पादक टंक प्रसाद जोशिले प्रशासन प्रमुख राम प्रसाद पौडेल र कलेजका प्रिन्सिपल दिपक कुमार झा संग गरिएको कुराकानी ।
१. EIC यस क्षेत्रकै उत्कृष्ट कलेजको रूपमा कसरी स्थापित भयो ?
२०५४ सालमा स्थापित यस कलेजले स्थापनाकाल देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा ल्याउने र अत्याधुनिक शिक्षण विधिहरूको प्रयोग गरी विद्यार्थीहरूको बहुआयामिक विकासमा सहयोग पुऱ्याएकै कारण ई.आइ.सी. यस क्षेत्रकै उत्कृष्ट कलेजको रूपमा स्थापित भएको छ ।
२. विद्यार्थीले गुणस्तरीय शिक्षाका लागि EIC नै किन रोज्ने ?
विद्यार्थीहरूले EIC रोज्नु पर्नाका धेरै कारणहरू छन् जस्तै :
क. उत्कृष्ट गुणस्तरीय शिक्षाका लागि,
ख. सस्तो शुल्कमा राम्रो शिक्षाको लागि,
ग. EIC motivation inspiration center भएकोले,
घ. आत्मअनुशासन र नैतिक व्यवहारको लागि,
ड. नियमित counseling service पाउने भएकोले,
च. Audio Visual System बाट पठनपाठन हुने भएकोले,
छ. विविध प्रकारका खेलकुद प्रतियोगिता र व्यक्तित्व विकासका कार्यक्रमहरूमा सहभागिताका लागि,
ज. नेतृत्व क्षमता विकासका लागि,
झ. सकारात्मक मनोविज्ञान (Positive Psychology) को विकासका लागि,
ञ. उत्कृष्ट शैक्षिक सुविधाहरूका लागि,
ट. सतप्रतिशत (100%) सम्म scholarship पाउनका लागि ।
३. यस विद्यालयको नतिजा कस्ता आइरहेको छ ?
यस कलेजले आफ्नो स्थापना कालदेखि नै सतप्रतिशत पास (100% pass) सहित नेपाल प्रथम नतिजा (राष्ट्रिय परीक्षा बोर्ड तथा T.U. Top result) ल्याइरहेको छ ।
४. EIC विद्यार्थीहरूको कुन पक्षलाई ध्यानमा राखेर अध्यापन गराइरहेको छ ?
EIC ले positive psychology मा विश्वास गर्छ । Positive psychology ले भन्छ हरेक विद्यार्थी unique (विशेष) हुन्छ ऊसँग विशाल अनि असीमित बौधिक क्षमता हुन्छ । अथवा हरेक विद्यार्थीमा केही न केही सकारात्मक गुण र क्षमता हुन्छ । साथै हरेक मानिसमा अथाह र असीमित क्षमता वा संभावनाहरू हुन्छन् र शिक्षण संस्थाले त्यस्ता क्षमतालाई उजागर गर्नको लागि प्रयास गर्नुपर्छ तब मात्र देशले भावी कर्णधार पाउन सक्छ। EIC ले अहिले त्यही विशाल क्षमतालाई प्रस्फुटन गराउन अध्यापन गराइरहेको छ।

५. पछिल्लो समय सूचना प्रविधिको विकास, पहुँच (मुख्यगरी मोबाइल) का कारण विद्यार्थीहरूमा पुस्तक पढ्ने बानीको ह्रास भएको देखिन्छ । यस अवस्थामा उनीहरूलाई त्यसबाट छुटकारा दिई पुस्तक पढ्ने बानीको विकास कसरी गर्ने ?
सूचना प्रविधिको विकाससँगै विद्यार्थीहरू मोबाइल चलाएर पढाइलाई बेवास्ता गर्ने समस्याको समाधानका लागि अभिभावकवर्गले विशेष पहल गर्नु जरूरी छ । सर्वप्रथम अभिभावकहरूले आफ्ना बालबालिकालाई मोबाइल नकिनि दिने आफ्नो (अभिभावकको mobile) चलाउन नदिने मोबाइल चलाउदाका बेफाइदा बुझाउने गर्नुपर्छ भने कलेज व्यवस्थापनबाट पनि mobile चलाउदाका बेफाइदाहरूका विषयमा विद्यार्थीहरूलाई उचित परामर्श दिने, सम्झाइ बुझाई गर्ने र उनीहरूलाई mobile फोन प्रयोगका बेफाइदाका बारेमा प्रस्ट पार्नु पर्छ ।
मोबाइलको लत छट्टाउन उपयुक्त पुस्तकहरू छनोट गरी विद्यार्थीहरूलाई पुस्तक पढ्न प्रेरित गर्नुपर्छ । नेपाली समाजको अर्को समस्या भनेको पठन संस्कृतिको अभाव पनि हो। अभिभावक, शिक्षक र ज्येष्ठ नागरिक कोही पनि नपढ्ने अनि बच्चालाई मात्र पढ्न दबाब दिएर मात्र बच्चामा सकारात्मक प्रभाव पर्दैन । समग्रमा समाजमा पठन संस्कृक्तिको विकास गर्नु आजको आवश्यकता हो । विद्यार्थीलाई प्रेरणदायी र चाख लाग्दा (interesting) किताबहरू उपलब्ध गराएर पढ्न प्रेरणा दिनुपर्छ र विस्तारै उनीहरूमा पठन संस्कृतिको विकास गराउनु पर्दछ ।
६. विद्यार्थीहरूका लागि विद्यालयमा अध्ययन गर्ने वातावरण भौतिक संरचना, ल्याब, पुस्तकालय, खेलकुदको व्यवस्था कस्तो छ?
EIC प्राज्ञिक व्यवस्थापनको उत्कृष्ट नमुना हो। अध्ययन अध्यापनको लागि उचित बाताबरण बनाउन भौतिक संरचनाहरू जस्तै उपयुक्त कक्षाकोठा, आरामदायी (comfortable) furniture, विज्ञान प्रयोगशालाहरू, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, खेलकुद सामग्रीको उचित व्यवस्थापनमा EIC ले उत्तिकै ध्यान दिएको छ र कुनै पनि कुराको अभाव हुन दिएको छैन ।
७. शिक्षा क्षेत्रमा झन्डैतीन दशक देखि आबद्ध हुनुहुन्छ, पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा नहुँदा बाहिरिने विद्यार्थी संख्या दिन प्रति दिन बढ्दो छ । अध्ययनकै लागि विद्यार्थी बाहिर जादा वार्षिक अर्बो पुँजी बाहिरिएको छ । यसलाई कसरी रोक्ने ?
नेपालबाट हरेक वर्ष अध्ययनको लागि बाहिरिने विद्यार्थीको सङ्ख्या बढीरहेको छ। नेपालमा गुणस्तरीय शिक्षा नभएर विद्यार्थी बाहिरिएका होइनन् बरू पढी सकेपछि उचित अवसर र रोजगारीको ग्यारेन्टी नभए विद्यार्थी बाहिरिएका हुन् । नेपाली विश्वविद्यालयहरूका पाठ्यक्रममा चाहिं केही समस्या छन् । पाठ्यक्रम समयमा update नहुने र भनेजति विषय छनोट (subject choice) नपाउने वा सैद्धान्तिक विषयहरू पठनपाठन हुने तर व्यवहारिक विषय, प्राविधिक विषय पढ्ने अवसर राज्यले उपलब्ध गराउन नसक्ने भएको कारण विद्यार्थीहरू देश छोडेर बाहिर गएका हुन् । त्यसको लागि पाठ्यकमलाई सामयिक रूपमा परिमार्जन गर्ने, विविध प्राविधिक विषयहरूलाई पठनपाठनमा समावेश गर्ने, प्रशस्त choices subjects दिने र पढीसकेपछि रोजगारीको अवसर प्रदान गर्ने हो भने विदेसिने विद्यार्थीको सङ्ख्या घटाउन सकिन्छ । विद्यार्थी बाहिर जानुको पछाडि गुणस्तर नभएर होइन राज्य माथि युवापुस्ताको विश्वास नहुनु हो ।
८. नेपालको शिक्षा र शैक्षिक प्रक्रियामा समस्या के के हुन् ? र यसलाई निराकरण गर्न के गर्नुपर्ला ?
नेपालको शिक्षा र शैक्षिक प्रकियाका समस्यामा प्राज्ञिकताको अवहेलना, राजनीतिले प्राज्ञिकतालाई नियन्त्रण गर्ने प्रवृति, अनुत्पादक, सैद्धान्ति शिक्षाको प्रधानता, प्राविधिक शिक्षा माथिको नियन्त्रण, सिण्डिकेट र नियोजन र पाठ्यक्रममा भएका समस्याको समाधान नहुनु हो। त्यसको सुधारका लागि प्राज्ञिक क्षेत्रलाई स्वतन्त्र रूपमा काम गर्न दिने, प्राविधिक शिक्षामा जोड दिने, शिक्षालाई उत्पादन र जीवनसँग जोड्ने अनि पाठ्यक्रमलाई निरन्तर (हरेक वर्ष परिमार्जन गर्नु जरूरी छ ।
९. विद्यालयका आगामी योजनाहरू के के छन् ?
EIC का आगामी योजनाहरूमा प्राविधिक तथा व्यवशायिक प्रकृतिका कार्यक्रमहरूको सम्बन्धन थप गर्ने, भौतिक संरचनालाई अझै उत्कृष्ट बनाउने र college लाई देशकै उत्कृष्ट नमूना शैक्षिक संस्थाको रूपमा विकास गर्नु रहेका छन् ।
१०. पछिल्लो समय सामाजिक संजालको कारणले बालबालिका तथा युवाहरू कुलतमा फस्दै गएको परिप्रेक्षमा त्यो अवस्था बाट छुट्कारा दिन के गर्नुपर्ला ?
सामाजिक सञ्जालको कारणले बालबालिका तथा युवाहरू कुलतमा फस्दै जानुमा अभिभावकहरू बढी जिम्मेवार छन् । अभिभावकले नै बालबालिकालाई सामाजिक सञ्जालको पहुँच (access) दिन्छन् । उनीहरूले पहुँच नदिएमा बालबालिका सामाजिक सञ्जालको सम्पर्कमा जान सक्दैनन् । यस समस्यालाई समाधान गर्न व्यापक अभिभावक शिक्षा र जनचेतनाको आवश्यक पर्छ । दोस्रो कुरा सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित बनाउने र व्यवस्थापन गर्ने कार्य सरकारको तर्फबाट गर्नु पर्छ । तेस्रो कुरा बालबालिका तथा युवाहरूलाई सामाजिक सञ्जालका खराब पक्षबारे राम्ररी परामर्श दिने र सचेत बनाएर आत्मनियन्त्रण गर्नसक्ने बनाउनुपर्छ । चौथो पक्ष बालबालिकालाई उनीहरूको उपयुक्त उमेर नपुगी सामाजिक सञ्जालमा पहुँच नदिने र बालबालिकालाई मनोरञ्जनका मर्यादित विकल्प दिन जरूरी छ। जस्तै शिक्षा, चेतना र मनोरञ्जन दिने किताबहरूको प्रकाशन र वितरण, प्रेरणादायी जीवनी, उत्प्रेरणापूर्ण फिल्म र डकुमेन्ट्रीहरू को व्यवस्था गर्न सके चञ्चल युवा मस्तिष्क भड्कनबाट बच्न सक्छ ।
समग्रमा भन्ने हो भने EIC गुणस्तरीय शिक्षाको एक केन्द्र हो र यसले नेपालको उच्च शिक्षामा एउटा मानक स्थापना गरिसकेको छ । मध्यमवर्गका विद्यार्थीलाई लक्ष (target) बनाएर यसले सर्वशुलभ शुल्कमा स्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीको बहुआयामिक विकासमा ठूलो योगदान दिएको छ ।