शुक्रवार, आषाढ १३ २०८२
काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसारले एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। यस बर्ष ४ लाख ९९ हजार १ सय ८३ जना विद्यार्थीले SEE दिएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई ) २०८१ को नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस, आईभिआर र विभिन्न वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ।
बोर्डले अनुमति दिएको सर्टकोड र वेबसाइटहरूमार्फत विद्यार्थी तथा अभिभावकले नतिजा हेर्न सक्नेछन्।
नेपाल टेलिकम – SMS/USSD: 1600, IVR: 1600
www.see.gov.np (परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०)
www.neb.gov.np (राष्ट्रिय परीक्षा बोर्ड)
www.see.ntc.net.np (नेपाल टेलिकम)
https://bit.ly/GetNcellApp (एनसेल)
