Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्यालय शिक्षा ऐन: शिक्षा समितिको बैठक जारी ।

विद्यालय शिक्षा ऐन: शिक्षा समितिको बैठक जारी ।

  • 863
    SHARES

  • विद्यालय शिक्षा ऐन: शिक्षा समितिको बैठक जारी ।

    असार, १५ गते/ काठमाडौं । विद्यालय शिक्षा विधेयक बारे टुङ्गो लगाउन प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बसेको छ । नेपाल शिक्षक महासंघसंग भएको सहमति अनुरुप आज अर्थात असार १५ गते विद्यालय शिक्षा पारित गर्ने दिन भएकोले अन्तिम टुङ्गो लगाउन बैठक बसेको हो।

    आजको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्ड, विद्यालय मर्ज, विषयगत शिक्षक लगायतका विषयमा छलफल भईरहेको जानकारी दिइएको छ।

    सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन । पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको छ ।

    समितिमा धेरै विषयको टुंगो लागिसकेको छ । सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् ।

    प्राप्त सूचना अनुसार विद्यालय शिक्षा विधेयक २०८० लाई आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरेर संसद् (प्रतिनिधिसभा) पुर्‍याउन सक्दो प्रयास जारी रहेको बुझिएको छ।

    images
    आइतवार, आषाढ १५ २०८२११:१३:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार