आइतवार, आषाढ १५ २०८२
काठमाडौँ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ महानगरपालिकाको आयोजनामा गरिएको अन्तर विद्यालय कप नेपाली तथा अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबार अनामनगरस्थित एसियन पब्लिक स्कुलमा कार्यक्रम संयोजक धन प्रसाद सुब्बाको सभापतित्व र गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष सुदिप अधिकारीको प्रमुख आतिथ्यमा आयोजित नेपाली तथा अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा काठमाडौ महानगर प्याब्सन विद्यालय सदस्यहरुबाट ५० जना भन्दा बढी विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो।

जसमध्ये नेपाली तर्फ Elixir School स्कुलका Abigail T.M ले प्रथम स्थान हासिल गरे। त्यसैगरी Swarnim School कि Ashmita Acharya ले द्वितीय, Lyceum Model School स्कुलका Ujiwal Adhikari ले तृतीय र Himalayan Academy कि Aayusha Lama ले चौथो स्थान हासिल गरे।

त्यसैगरी अंग्रेजी तर्फ Nebel Academy का नोवेल Drashana Bajracharya ले प्रथम स्थान हासिल गरिन। त्यसैगरी Peace Point Academy कि Pratusha Shresthaले द्वितीय, Vidhyabani Pathsala का Om Krish Prasain ले तृतीय र Neharika School कि Geeta Rayamajhi ले चौथो स्थान हासिल गरिन ।

उक्त हस्तलेखन प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।
प्रतियोगिताबारे बोल्दै काठमाडौँ प्याब्सन महानगरका अध्यक्ष गगन सिंह ऐरिले विद्यार्थीहरुमा लेखन शैलिको बिकास गर्नको लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उक्त हस्तलेखन प्रतियोगिता समारोह संचालन काठमाडौँ महानगरपालिकाका सचीव आरसी भट्टले गर्नुभएको थियो। उक्त कार्यक्रममा महानगर सह-सचीव बाबुराम गौतमले धन्यवाद मन्तव्य फिनुभएको थियो।

उक्त कार्यक्रममा काठमाडौ जिल्ला प्याब्सनका उपाध्यक्ष आरबी अधिकारी, जिल्ला सहसचिव - दिनेश पाण्डे, महानगर वरिष्ठ उपाध्यक्ष राजन आचार्य, सहसचिव बाबुराम गौतम, कोषाध्यक्ष राजकुमार बोगटी लगाएत विभिन्न स्कुल तथा कलेजका प्रिन्सिपल तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

प्याब्सन काठमाडौँ महानगर समितिले पढाईका अतिरिक्त विद्यार्थीहरुको चौतर्फी बिकासका लागि विभिन्न रचनात्मक क्रियाकलापहरु तथा खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ।




