सोमवार, आषाढ १६ २०८२
काठमाडौँ – काठमाडौँ महानगरपालिका १४ कलंकिस्थित एल.आर.आई. ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सतप्रतिशत सफलता प्राप्त गर्दै ९ जना विद्यार्थीहरुले ४ जिपिए प्राप्त गरेका छन्।
विद्यालयको यस्तो उपलब्धि शिक्षकहरुको मेहनत र विद्यार्थीको कठोर अनुशासन र आत्मविश्वास र मिहेनतको प्रतिफल हो । यस्तो उत्कृष्ट नतिजाले एलआरआई स्कुलको गुणस्तरीय शिक्षण पद्धति, अनुशासन र शैक्षिक दृष्टिकोणलाई बलियो प्रमाणित गर्छ।
विद्यालयका सूचना अधिकृत दिपक जोशिले सम्पूर्ण विद्यालय परिवारलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट परिणाम हासिल गर्न सबैलाई समर्पणकासाथ अघि बढ्न प्रोत्साहित गरेको बताउनुभयो। 'यो नतिजा केवल परीक्षा पास गर्ने उपलब्धि नभई गुणस्तरीय शिक्षामा विद्यालयको अटल प्रतिबद्धताको प्रतीक हो' जोशिले भन्नुभयो।

एलआरआई स्कुलले हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन गर्दै आएको छ। हाल कक्षा ११ र १२ मा Science, Management & Law ( बिज्ञान, ब्यबस्थापन र कानुन) बिषयको पढाई हुने गर्दछ।
ट्रष्टमार्फत् २०४४ साल फागुन १२ गते स्थापित भएको एलआरआई स्कूल २१ औ सताब्दिको सूचना प्रविधिसहितको शिक्षामा जोड दिदै आएको छ। कुशल शैक्षिक नेतृत्व, बिषयबिज्ञ् तथा शिक्षकको परिश्रमको कारण काठमाडौँ महानगरपालिका वडा १४ कलंकीमा अवस्थित यस विद्यालयले प्राप्त गरेको सफलता सिक्न लायक छ।
काठमाडौको कलंकिमा २२ रोपनी भन्दा बढी जग्गामा पर्याप्त सुविधा सम्पन्न र भुकम्प प्रतिरोधी भवनहरु छन् । स्कुलका संस्थापक प्राचार्य शिवराज पन्त भन्नुहुन्छ, 'बालबालिका सुरक्षित रहनुपर्छ'। हरेक कक्षाकोठामा सिसि क्यामेरा जडान गरिएको छ। स्कूलमा डिजिटल क्लास रूम, पुस्तकालय, डिजिटल ल्याब, साइन्स ल्याब, फिजिक्स ल्याब, आर्ट-क्राफ्ट ग्यालरी, म्युजिक कन्जवेटरी, मटेरियल आर्ट, ट्रान्सपोर्टेसन, स्कूल पार्लियामेन्ट, स्कुल अडोटिरियम, चाइल्ड सेफ्टी, फस्ट–एड क्लिनिक लगायतका सेवा सुविधा छन् । यसका अतिरिक्त, विद्यालयको आफ्नै बास्केटबल र फुटसल मैदान पनि रहेको छ।
गत वर्ष यस बिद्यालयलाई उत्कृष्ट व्यवस्थापन गरेको भन्दै काठमाडौं महानरपालिकाले एक लाख रूपैयाँ पुरस्कारसहित सम्मानसमेत गरेको थियो । उक्त विद्यालयले निजीतर्फ २०६६ सालको राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ।
हाल स्कुलमा २ हजार ६ सय भन्दा बढी विद्यार्थीहरु पठनपाठन गरिरहेका छन। स्कुलमा कक्षा २ देखि १२ सम्ममा अतिरिक्त क्रियाकलाप अन्तर्गत चाइनिज भाषाको कक्षासमेत पढाई हुने गरेको छ।