Jul 27 2026 | २०८३, श्रावण ११ गते

कोभिड कोष संचालन गर्न निजि बिद्यालयलाई एन प्याब्सनको निर्देशन !

कोभिड कोष संचालन गर्न निजि बिद्यालयलाई एन प्याब्सनको निर्देशन !

  • 1.1K
    SHARES

  • कोभिड कोष संचालन गर्न निजि बिद्यालयलाई एन प्याब्सनको निर्देशन !

    राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य स्कुलमा अनिवार्य रुपमा कोभिड कोष खडा गर्न निर्देशन दिएको छ ।

    कोभिड कोषमा कुल आम्दानीको न्युनतम ०.५ प्रतिशत रकम जम्मा गर्न पनि उसले सदस्य स्कुललाई अनुरोध गरेको छ । कन्चनपुरको महेन्द्रनगरमा संस्थाको हालै सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

    कोभिड १९ को कारण मुलुकका थुपै्र नीजि स्कुलहरु आर्थिक संकटमा परेर बन्द हुने अवस्थामा पुगेकोले यस्तो कोषको आवश्यकता परेको संस्थाको विश्लेषण छ । कोषमा जम्मा भएको रकम कुनैपनि प्रकारको विपत्ति वा संकटमा परेको अवस्थामा प्रयोग गर्न सकिने संस्थाको भनाइ छ ।

    बैठकले संस्थाको राष्ट्रिय महाधिवेसन आगामी कात्तिक ११ गतेदेखि १३ गतेसम्म आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । उनका अनुसार महाधिवेसन स्थलको बारेमा पछि निर्णय गरिनेछ । यस संस्था अन्तर्गत मुलुकभरका दुई हजार तीन सय नीजि स्कुल सदस्य छन् ।

    images
    बिहिवार, चैत्र १२ २०७७०९:३९:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार