Oct 03 2026 | २०८३, आश्विन १७ गते

मनमैजु माध्यमिक विद्यालयमा ६९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

मनमैजु माध्यमिक विद्यालयमा ६९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  • 670
    SHARES

  • मनमैजु माध्यमिक विद्यालयमा ६९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    काठमाडौँ । मनमैजु माध्यमिक विद्यालयले स्थापनाको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।

    शुक्रवार एक कार्यक्रमका विच नगरपालिका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्य र विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्थानिय सामाजिक शैक्षिक व्यक्तित्व, अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको हो।

    FB_IMG_1751638066141.jpg

    वार्षिकोत्सब कार्यक्रममा SEE-२०८१ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई सहित सम्मान कार्यक्रम कार्यक्रम गरेको थियो।

    FB_IMG_1751635660896.jpg

    उक्त कार्यक्रमको अवसर पारेर मेयर कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा मनमैजु माद्यामिक विद्यालयकावप्रधानाध्यापक रविना महर्जनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न क्रमिक रुपमा बिकास गरेको बताउनुभयो। अघिल्लो वर्षभन्दा यसवर्ष शिक्षामा सुधार गरेका छौं, जसको कारण नतिजामा समेत सुधार भएको छ, प्रधानाध्यापक महर्जनले भन्नुभयो। साथै महर्जनले आउदो वर्ष झन् आकर्षण बनाउने प्रतिबद्धता पनि पनि व्यक्त गर्नुभयो ।

    FB_IMG_1751635445311.jpg

    उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपाली कला तथा सांस्कृतिक झल्को दिने गरि सांस्कृतिक नृत्य तथा गायन र प्रहसनहरु प्रस्तुति दिएका थिए।

    FB_IMG_1751638056578.jpgFB_IMG_1751638059607.jpgFB_IMG_1751638078191.jpg

     

     

    images
    शुक्रवार, आषाढ २० २०८२०७:३४:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार