Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय अस्तब्यस्त: डेढ महिनादेखि कार्यालय गएका छैनन् उपकुलपति लगाएत पदाधिकारी !

त्रिभुवन बिश्वबिद्धालय अस्तब्यस्त: डेढ महिनादेखि कार्यालय गएका छैनन् उपकुलपति लगाएत पदाधिकारी !

  • 1.5K
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालय अस्तब्यस्त: डेढ महिनादेखि  कार्यालय गएका छैनन् उपकुलपति लगाएत पदाधिकारी !

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयको विभिन्न विभाग तथा कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्

    नेविसंघ लगाएत विभिन्न संगठनए आफ्ना माग तत्काल पूरा गर्नुपर्ने, विश्वविद्यालयमा प्राज्ञिक वातावरण बनाउन र मनलाग्दी कर्मचारी नियुक्ति बन्द गर्न शिक्षाध्यक्षको कार्यालयमा गत फागुन २३ गते तालाबन्दी गरेको हो।

    त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका मुद्दामा विश्वविद्यालयका पदाधिकारी संवेदनशील बन्न नसकेको, परीक्षा सञ्चालन र नतिजा प्रकाशन जस्तो विषयमा पनि हेलचेक्र्याइँ गरेको विरोधमा विद्यार्थी संगठनले आफ्नो मागसहित समाजशास्त्र केन्द्रीय विभाग, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबान्दी गरेका हुन्।

    विद्यार्थी संगठनले गएको ४५ दिनदेखि विभिन्न मागसहित रिले अनसन बस्दै आएका छन्। अनसन बसेको लामो समयसम्म माग पूरा गर्न चासो नदिएपछि तालाबन्दी गर्नुपरेको र अहिलेसम्म पनि कुनै सहमति नभएको त्रिवि नेविसंघका एक नेताले बताए।

    उनले भने, ‘हाम्रो माग स्ववियू निर्वाचन तत्काल गनुपर्ने, त्रिविको क्यालेण्डर अनुसार परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नुपर्ने हो। यो गरिएको छैन। भर्ना प्रक्रियालाई अघि बढाउन नसक्दा सम्पूर्ण विद्यार्थीको भविष्यमाथि नै खेलबाड हुने काम भएको छ। पहिले भएका सहमति कार्यान्वयन नगरेसम्म हाम्रो अनसन जारी रहन्छ।’

    शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ। भने यता समाजशास्त्र विभागमा भने अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका हुन्।

    त्यस्तै त्रिवि सेवा आयोगमा समाजवादी विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, दलित विद्यार्थी युनियन, तराईमधेश विद्यार्थी मञ्चले संयुक्त रुपमा तालाबन्दी गरेका छन्। गत फागुन ९ गते गरेको विज्ञापन समावेशी नभएको भन्दै उक्त विज्ञापन सच्याएर फेरि आवेदन खुला गर्न माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन्।

    विद्यार्थी संगठनले आयोगले वार्षिक क्यालेण्डर अनुसार विज्ञापन खोल्नुपर्ने, परीक्षाको विश्वसनियता र पारदर्शिता कायम गर्नुपर्नेलगायत माग गरेको र यस विषयमा छलफल भइरहेको त्रिवि अनुगमन निर्देशनालयका प्रमुख विष्णुप्रसाद खनालले बताए। उनले भने, ‘यहाँ पदाधिकारी आउन सक्ने वातावरण नै बनेको छैन।

    विश्वविद्यालय अस्तव्यवस्त भएको छ। विद्यार्थी संगठनले विभिन्न माग राख्दै हाम्रा कार्यालयमा तालाबन्दी गरेका छन्। प्रशासनिक काममा अवरोध भए पनि हामीले अन्य विद्यार्थीसँग सम्बन्धित शैक्षिक काम भने अघि बढाएका छौं।

    विश्वविद्यायका पदाधिकारी भने लामो समयदेखि आफ्नो कार्यालयमा उपस्थित भएका छैनन्। उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा आफ्नो कार्यालयमा उपस्थित नभएको तर बाहिरबाटै कहिले डिन कार्यालयमा त कहिले इन्जिनियरिङ अध्ययन संस्थानमा बसेर काम गरिरहेको उपकुलपति कार्यालयले जानकारी दिएको छ। त्यस्तै रेक्टर पेशल दाहाल पनि तालाबन्दी भएयता कार्यालयमा गएका छैनन्।

    images
    शुक्रवार, चैत्र १३ २०७७०५:२८:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार