Jul 27 2026 | २०८३, श्रावण ११ गते

पानद्वारा एसईई २०८१मा सत प्रतिशत नतिजा ल्याउने सामुदायिक विद्यालयलाई सम्मान

पानद्वारा एसईई २०८१मा सत प्रतिशत नतिजा ल्याउने सामुदायिक विद्यालयलाई सम्मान

  • 1.3K
    SHARES

  • पानद्वारा एसईई २०८१मा सत प्रतिशत नतिजा ल्याउने सामुदायिक विद्यालयलाई सम्मान

    असार, २१ गते काठमाडौँ । प्रधानाध्यापक एसोसिएन नेपाल (पान) ले एसईई २०८१मा सत प्रतिशत नतिजा ल्याउने सामुदायिक विद्यालयलाई सम्मान गरेको छ।

    FB_IMG_1751733028107.jpg

    शनिवार बानेश्वरस्थित रत्नराज्य माद्यामिक विद्यालयला “सामुदायिक विद्यालयको शैक्षिक नतिजा : सुधारका रणनीति र चुनौतीहरू” विषयक विशेष कार्यक्रम आयोजना गर्दै काठमाडौ उपत्यका भरबाट सत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय र ४.०० जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको हो।

    FB_IMG_1751733030487.jpg

    उक्त कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा बोल्दै मन्त्री रघुजी पन्तले सार्वजनिक विद्यालयको गुणस्तर सुधारमा सरकार गम्भीर रहेको बताउँदै PAN को अग्रसरतालाई खुलेर प्रशंसा गर्नुभयो। उहाँले आवश्यकताको आधारमा राज्यले शिक्षामा लगानी गरेको भन्दै बरु लक्षित ठाउमा पुग्न नसकेको बताउनुभयो ।

    IMG_2907.JPG

    कार्यक्रममा PAN अध्यक्ष श्री सुदाम गौतमले अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै सामुदायिक विद्यालय रूपान्तरणको लागि संस्थाले अघि सारेको नेतृत्व र प्रतिबद्धताबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको पुनर्जागरण सुरु भइसकेको छ। अहिलेको उचाइ अझ अगाडि बढाउने हो।”

    IMG_2927~2.JPG

    कार्यक्रममा काठमाडौँ उपत्यकाका ३५० भन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू भेला भएका थिए।

    सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधारका रणनीति र चुनौतीहरु विषयक विशेष अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहनुभएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नीति आधारित सुधारको खाँचो औंल्याउँदै यसवर्ष नतिजामा सुधार देखिएको बताउनुभयो।

    IMG_2603~2.JPG

    त्यस्तै शिक्षाविद् प्रा. डा. विद्यनाथ कोइरालाले  शिक्षक विकास र पाठ्यक्रम रूपान्तरणका लागि प्रणालीगत सुधारको माग गर्नुभयो।

    कार्यक्रममा काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले विद्यालय पूर्वाधार तथा शिक्षण सुधारमा महानगरको पहलबारे जानकारी दिनुभयो।

    IMG_2618.JPG

    त्यस्तै ललितपुर महानगरपालिका शिक्षा अधिकृत देवीप्रसाद उपाध्यायले स्थानीय सरकार र विद्यालयबीचको सहकार्यबारे अनुभव बाँड्नुभयो।

    उक्त कार्यक्रममा  ज्ञानोदय मावि बाफलका प्रधानाध्यापक बिष्णु रिमालले नतिजाको मुख्य श्रेय शिक्षक भएको बताउनु भयो। उहाँले शिक्षकहरुले अझै मेहेनत गर्नुपर्ने उहाँको धारणा छ।

    IMG_2831.JPG

    उक्त कार्यक्रम शिक्षा पत्रकार प्रकृति अधिकारीले सञ्चालन गर्नुभयो। कार्यक्रममा पोखरा विश्वविद्यालय अन्तर्गतको एभरेस्ट इन्जिनियरिङ कलेजको सहकार्य रहेको थियो, जसले उच्च शिक्षालय र विद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाएको बिश्वास लिइएको छ।

    उक्त सम्मान कार्यक्रमको संचालन PAN का महासचिव लक्ष्मण श्रेष्ठले गर्नुभयो भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले स्वागत मन्तव्य दिनुभयो ।

    IMG_2582~2.JPGIMG_2588~2.JPG

    आजकै दिन PAN को संयोजनमा १७ अन्य जिल्लामा पनि यस्तै कार्यक्रमहरू एकैसाथ सम्पन्न गरिएको र यस प्रयासले एक राष्ट्रिय अभियानको रूप प्रदान गरेको PAN का अध्यक्ष सुदाम गौतमले बताउनुभयो।

    IMG_2750~3.JPGIMG_2720~2.JPGIMG_2861.JPGIMG_2867.JPGIMG_2790.JPG

    images
    शनिवार, आषाढ २१ २०८२१०:१३:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार