आइतवार, आषाढ २२ २०८२
असार,२२ गते/ काठमाडौँ-। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूका लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन माग गरेको छ ।
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२/०८३ मा डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य वाहेकका बिभिन्न शैक्षिक कार्यक्रमहरु र प्रि–डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा सरकारी वा सामुदायिक विद्यालयबाट एस.एल.सी./एस.इ.ई उत्तीर्ण गरेका आवेदकहरूका लागि छात्रवृत्ति कोटामा आवदेन माग गरिएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद प.नि.का. वाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य वाहेकका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरूमा सरकारी, सामुदायिक विद्यालयबाट एस.एल.सी/एस.ई.ई. र परिषद्का आङ्गिक शिक्षालयहरूबाट प्रि-डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरुवाट शैक्षिक सत्र २००२/०८३ मा "डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृनि वितरण तथा भर्ना सम्वन्धी निर्देशिका २०७२" वमोजिम परिषद्बाट सम्वन्धन/स्वीकृति प्राप्न आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागी २०८२ साउन ११ गतेभित्र परीक्षा नियन्त्रण कार्यालयको ITMS Online मा रीतपूर्वक Online आवेदन फाराम भर्नसक्ने छन।
डिप्लोमा/प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूको केही दिन पछि भर्नाका लागि सूचना प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
त्यस्तै शैक्षिक सत्र २०८२/०६३ मा “प्रि–डिप्लोमा तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन/स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट २०८२ साउन ११ गतेभित्र परीक्षा नियन्त्रण कार्यालयको आईटिएमएस अनलाईनमा आवेदन फाराम भर्न सक्ने जानकारी दिएको छ।
न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट आवेदन फाराम शुल्क बुझाई अध्ययन गर्ने कार्यक्रम, प्रदेश, शिक्षालयहरू प्राथमिकीकरण गरी आफू पर्ने वर्गको कोटा समेत छनोट गरी अनलाइन आवेदन फाराम सवमिट गर्नुपर्नेछ ।
वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा नेपाली नागरिकले कुनै एक प्रदेशको कार्यक्रमका लागि अनलाइन आवेदन फाराम भर्न सक्नेछन् तर प्रतिस्पर्धा सोही प्रदेश स्तरमा मात्र हुनेछ र योग्यता क्रम सूची प्रकाशन तथा भर्ना सिफारिस समेत सोही बमोजिम हुनेछ ।
यस्तो छ सूचना ।








