Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासंघ विरुद्ध उजुरी - बैधानिककता माथी प्रश्न ।

नेपाल शिक्षक महासंघ विरुद्ध उजुरी - बैधानिककता माथी प्रश्न ।

  • 708
    SHARES

  • नेपाल शिक्षक महासंघ विरुद्ध उजुरी - बैधानिककता माथी प्रश्न ।

    काठमाडौं - नेपाल शिक्षक महासंघ अवैध रहेको दावी सहित संसदीय समितिमा उजुरी परेको छ । शिक्षक नारायणप्रसाद घिमिरे र विद्यालय सहयोगी शङ्करबहादुर कुमालले विगतको पृष्ठभूमी, अदालतमा परेको मुद्दा लगायतका तथ्य सहित प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दर्ता गराएका हुन् ।

    गत बिहीबार समितिमा दर्ता गरिएको उजुरीमा महासंघ अवैध रूपमा सञ्चालन भइरहेको र गैरकानुनी रूपमा रकम असुली गरिरहेको दावी गरिएको छ । उजुरिमा महासंघका सम्पूर्ण गतिविधिमा रोक लगाई आवश्यक अनुसन्धान गरी कानून बमोजिम कारवाहीको माग समेत गरिएको छ ।

    शिक्षा ऐन २०२८ को आठौं संशोधनले साविकको नेपाल शिक्षक युनियनलाई नेपाल शिक्षक महासंघमा शाब्दिक पदावली रुपान्तरण मात्र गरेको दावी उजुरीमा गरिएको छ । शिक्षा ऐनको दफा १६ ‘ङ’ ले सामुदायिक विद्यालयका शिक्षकको हकहितमा काम गर्नका लागि एउटै शिक्षक महासङ्घ रहने व्यवस्था गरेको स्मरण गराउँदै उजुरीमा हालको महासंघले छुट्टै दर्ता नम्बर राखि सञ्चालन गरिरहेको उल्लेख छ । जसलाई कानुनी रूपमा अवैध किटानी गरिएको छ ।

    'नेपाल शिक्षक महासंघले नेपाल शिक्षक युनियनको दर्ता नं. ०२/२०६० राखी सञ्चालनमा रहेको भनेकोमा नेपाल शिक्षक महासंघको दर्ता नं. प्रमाणित गरी पाउँ भनी म निवेदक शंकर बहादुर कुमालले त्यस कार्यालयमा निवेदन दिएकोमा त्यस कार्यालयले नेपाल शिक्षक महासंघ दर्ता नं. ०२/२०६० कार्यालयको कम्प्युटर अभिलेख अनुसार नदेखिएको भनी मिति २०७८/ ०७/ २९ च नं. ३३५ को पत्रबाट म निवेदकलाई जानकारी दिएको छ' उजुरीमा भनिएको छ 'यसर्थ दर्ता विनाको संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको तथा उठाउने गरेको लगायतका गतिविधि भइ रहकोले तत्काल रोकी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम गरियोस भनि विनम्र अनुरोधका साथ यो निवेदन पेश गरेको छु ।'

    यो विषय सर्वोच्च अदालतमा अवहेलना मुद्दा विचाराधीन रहेको स्मरण गराउँदै उजुरीमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र सह–अध्यक्ष नानुमाया पराजुली, महासंघका महासचिव तुलाबहादुर थापाको नाम समेत किटान गरिएको छ ।

    FB_IMG_1751860069752~2.jpg

    images
    सोमवार, आषाढ २३ २०८२०९:२५:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार