बिहिवार, आषाढ २६ २०८२
असार, २६ गते/ काठमाडौँ । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले नेपाल शिक्षक महासंघको भुमिका कमजोर र पुर्बाग्रही भएको बताएको छ। हिस्टुनको गत २४ गते केन्द्रीय कार्यालय ग्वार्को ललितपुरमा बसेको पदाधिकारी बैठकले नेपाल शिक्षक महासंघको भुमिका प्रती प्रश्न उठाएको हो।
शिक्षा विधेयक- २०८० माथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको छलफल निराशाजनक रहेको साथै नेपाल शिक्षक महासङ्घको भूमिका अत्यन्त कमजोर मात्र नभई पूर्वाग्रही समेत रहेको ठहर गरेको छ।
साथै शिक्षकहरूको पेशागत सुरक्षा र भविष्यको सवालमा भावी कार्यक्रमहरू तय गर्न केन्द्रीय समितिको आकस्मिक विस्तारित बैठक बोलाएको छ। बैठक असार २८ गते ललितपुरमा बस्ने जानकारी दिएको छ।

