आइतवार, आषाढ २९ २०८२
असार, २९ गते काठमाडौँ। माइलस्टोन युथ इङ्लिस स्कुलले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। शनिवार स्कुल प्रिन्सिपल शिवराम गिरीको सभापतित्व तथा नागार्जुन नगरपालिका कार्यवाहक मेयर सुशीला अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। माइल स्टोन युथ इङ्लिस स्कुलले यस वर्ष सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ।

कार्यक्रममा बोल्दै कार्यवाहक मेयर सुशीला अधिकारीले बिद्यार्थीको इच्छा अनुसार अध्यायनमा जोड दिई आमा-बा को सपना पूरा गर्न आग्रह गर्नुभएको थियो। "अभिभावकहरु काम र धनको मात्रै पछि नलागी आफ्नो छोराछोरीलाई पनि समय दिनुपर्छ ।" उहाँले भन्नुभयो ।

कार्यक्रममा बिद्यार्थीको तर्फबाट १२ औं SEE २०८१ ब्याचको प्रथम मुकेश रोकायाले आफ्नो बिचार राखेका थिए । उनले औपचारिक रुपमा बिदाइ हुनुपर्दा दुख लागेको बताए । शिक्षकहरुको कठोरता हाम्रो भबिस्यको लागि भएको र त्यो कठोरतालाई अनुशासनको हिरा ठानेको बताए। विद्यालयमा बिताएका प्रत्येक पल अमुल्य छन् भन्दै आफ्ना गुरुहरु संधै उच्च रहने बताएका थिए।

अभिभावकको तर्फबाट प्रकृति खड्काको बाबा प्रकाश खड्काले मन्तव्य राखेका हुन। उनले बिधालयको मात्रै आशा नगरी घरमा पनि अभ्यास गराउनुपर्ने जनाएका थिए । बाबा आमाले गाली गर्दा बच्चाहरु आत्महत्याको प्रयास गर्ने,धुर्क्याउने,घमण्ड देखाउने जस्ता नकारात्मक कार्य नगर्न आग्रह गर्नुभएको थियो ।
वडा नं ६ वडा अध्यक्ष देबेन्द्रराज गिरीले SEE परिक्षामा उत्तीर्ण बिद्यार्थीलाई हार्दिक दिनुभएको थियो। परिक्षा दिने बित्तिकै बिदेश जाने लहर चलेको छ भन्दै नेपालमा बसेर नेपालको बिकासमा जोड दिन आग्रह गर्नुभएको थियो। कार्यक्रममा बोल्दै सामुदायिक बिद्यालयलाई पनि सुदृढ गरेर लैजानुपर्ने र आगामी अध्ययनको लागि धेरै छ्लफल गरि निर्णय लिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमको बिशेष अतिथि वडा अध्यक्ष ७ को सैलेन्द्र लामाले अभिभावक ,विद्यार्थी र शिक्षक त्रिपक्षको तालमेल भएको हुनाले नै कोशेढुङ्गा साबित भएको बताउनुभयो । उहाँले लोकसेवा तयारीको लागि लाइब्रेरी खोलेको बताउनुभयो। तपाईंहरुले नेपालमा नै केही गर्नुहुन्छ भने लोकसेवा पढ्नुपर्छ र सचीव ,उपसचिव बनेर देशको सेवा गर्नुपर्छ भन्ने सुझाव दिनुभयो ।

कार्यक्रमलाई समापन गर्दै माइलस्टोन इङलिस स्कुलको सस्थापक पृन्सिपल शिबराम गिरीले उक्त कार्यक्रम बिदाइ होइन यो बधाई कार्यक्रम हो भन्दै लामो समयसम्म पढेको विद्यालयमा विद्यार्थी र अभिभावक सबैलाई बिद्यालयको ढोका सदैब खुल्ला भएको बताउनुभयो ।

उहाँले परिक्षामा A, A+ल्याउँदैमा पुरै सफलता नभएको र जीवनमा A र A+ ल्याउन सुझाव दिनुभयो "साथिभाइको लहलहैमा लागेर होइन शिक्षक र अभिभावकसंग छलफल गरेर मात्रै के पढ्ने भन्ने निर्णय गर्नुहोला। रुचि र क्षमता भन्दा बाहिरको पढ्दा पछि पछुताउनुहुनेछ।" भन्दै बिद्यार्थीले बिद्यालय तह पार गर्न अझै दुई बर्ष बाँकी रहेको बताउनुभयो।

विद्यार्थी आफ्नो देशमा बस्न नदिने हामी अभिभावक भएको ,उहाँहरुले जहाँ देखेपनी यो यहि छ? मेरो त बिदेश गएर डलर कमाइसक्यो भन्ने र बिदेशमोह जगाइदिने गरेका छन जुन देशकोलागि हानी हुने प्रिन्सिपल गिरिले बताउनुभयो । अभिभावकले आफ्ना छोराछोरी देशमै राख्ने वातावरण बनाउन लोकसेवा पढेर रातो मसीले हस्ताक्षर गर्ने ठाउँमा पुग्नुपर्ने बताउनुभयो ।

कार्यक्रम विद्यालयको भाइस पृन्सिपल दिनेश भट्टराईको सन्चालनमा अतिरिक्त क्रियाकलाप इन्चार्ज बिन्दु गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो।
