Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षा ऐनको मागमा नेविसंघद्वारा प्रदर्शन १० कार्यकर्ता बानेश्वरबाट पक्राउ

शिक्षा ऐनको मागमा नेविसंघद्वारा प्रदर्शन १० कार्यकर्ता बानेश्वरबाट पक्राउ

  • 619
    SHARES

  • शिक्षा ऐनको मागमा नेविसंघद्वारा प्रदर्शन १० कार्यकर्ता बानेश्वरबाट पक्राउ

    सार, २९ गते/ काठमाडौँ। शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ।

    सोमबार बानेश्वरमा निषेधित क्षेत्रमा विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० जना कार्यकर्तालाई नेपाल प्रहरीले पक्राउ समेत गरेको छ।

    नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा आयोजित प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।

    त्यस्तै नेविसंघले विद्यार्थीको प्रतिनिधित्वबिना विश्वविद्यालय सिनेट बैठक मान्य नहुने, शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने र शिक्षा विधेयक शिक्षक तथा विद्यार्थीमैत्री हुनुपर्ने मागसहित आन्दोलन गरिरहेको छ।

    images
    सोमवार, आषाढ ३० २०८२११:३३:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार