Jul 27 2026 | २०८३, श्रावण ११ गते

अखिल (क्रान्तिकारी)द्वारा प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

अखिल (क्रान्तिकारी)द्वारा प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

  • 698
    SHARES

  • अखिल (क्रान्तिकारी)द्वारा प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

    असार, ३२ गते/ काठमाडौं। अनेरास्ववियू (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गराउन दबाबस्वरुप चरणवद्ध आन्दोलन गर्ने क्रममा मशाल जुलुश गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्रीरघुजी पन्तको पुत्लादहन गरेको छ।

    FB_IMG_1752675856433.jpg

    बुधबार साँझ नेकपा (बहुमत) निकट विद्यार्थीहरुले काठमाडौँको डिल्लिबजारबाट सिंहदरबारतर्फको सडक खण्डमा मशाल जुलुश सहित पुत्लादहन गरेका हुन्।

    उक्त संगठनले साउन २ गते देशव्यापी शैक्षिक हड्ताल गर्ने समेत जानकारी दिएको छ। ।

    अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहीका अनुसार संविधानको धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भइरहेको, शिक्षालाई निजीकरण तथा व्यापारीकरणतर्फ लैजान खोजिएको साथै शैक्षिक माफिया तथा दलालहरूको संरक्षण भइरहेको आन्दोलन गरेको जानकारी फिए।

     

    images
    बुधवार, श्रावण १ २०८२०९:२६:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार