Oct 02 2026 | २०८३, आश्विन १६ गते

शैक्षिक हडतालका कारण विद्यालय बन्द

शैक्षिक हडतालका कारण विद्यालय बन्द

  • 778
    SHARES

  • शैक्षिक हडतालका कारण विद्यालय बन्द

    साउन, २ गते/ काठमाडौं । अनेरास्ववियू (त्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण आज अधिकांश विद्यालय र कलेजहरु बन्द भएका छन् ।

    धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले जपपक्षिय शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हड्ताल घोषणा गरेको हो ।

    शैक्षिक हड्ताल कारण देशैभरका विद्यालयहरु बन्द छन् । काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् ।

    आजको बन्दलाई नेपाल रहत शिक्षक संगठनले समेत ऐक्यबद्धता जनाएको छ।

    images
    शुक्रवार, श्रावण ३ २०८२०७:३०:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार