Oct 03 2026 | २०८३, आश्विन १७ गते

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान

  • 2.3K
    SHARES

  • लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान

    काठमाडौ महानगरपालिका वडा १५ डल्लुस्थित लिटिलबुद्ध एकेडेमीले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ। बुधबार एक कार्यक्रमका विच एसईई २०८१ मा उत्कृष्ट जिपिए सहित उत्तीर्ण भएका विद्यार्थीलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको हो।

    IMG_4010.JPG

    उक्त विद्यालयले एसईई २०८१ मा सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको थियो। कार्यक्रममा बोल्दै संस्थापक प्राचार्य नारायण कर्म कार्किले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो। साथै उहाँले आगामी दिनमा आफुले रुचाएको विषय छानेर पढ्नको लागि सुझाव दिनुभयो।

    IMG_3926.JPG

    उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा महानगर प्रहरी प्रभाग स्वयम्भूका प्रहरी नायब निरिक्षक उद्धव सिंह भाट रहनुभएको थियो। साथै बिशेष अतिथिको रुपमा सामुदायिक सेवा केन्द्रका प्रमुख - राजु खरेल रहनुभयो। साथै विद्यालयका अध्यक्ष मनुकार्की, भाइस प्रिन्सिपल शंकर घिमिरे लगाएत अन्य बिशिस्ट ब्यक्ती तथा अभिभावकहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम शिक्षक चिज कुमार गुरुङले गर्नुभयो।

    IMG_3884.JPG

    विद्यार्थी ग्र्याजुएसन कार्यक्रममा बोल्दै प्रमुख अतिथी उद्धव सिंह भाटले विद्यार्थीहरुलाई उत्प्रेरक मन्तव्य दिनुभयो । उहाँले शिक्षाले नै मानिसलाई एक अब्बल र कर्मशिल बनाउने भन्दै एसईई उत्तीर्ण पाश्चात अझ बढी मिहेनत गर्न विद्यार्थीलाई सुझाव दिनुभयो ।

    IMG_4022.JPGIMG_3959.JPGIMG_3937.JPGIMG_3918.JPGIMG_3875.JPG

    images
    शनिवार, श्रावण ४ २०८२०८:३९:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार