आइतवार, श्रावण ५ २०८२
साउन, ४ गते/ काठमाडौँ। नागार्जुन नगरपालिका वडा नम्बर ८ भिमढुङ्गास्थित श्री नविनज्योती स्कुलले एसईई २०८१ मा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको छ। शनिवार काठमाडौको कलंकी स्थित एक पार्टी प्यालेसमा विद्यालयबाट सहभागी भई उत्कृष्ट जिइए सहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम विद्यालयका प्रिन्सिपल सुरेश महतोको सभापतित्व तथा प्रदेश सांसद केशव प्रसाद पोख्रेलको प्रमुख आतिथ्य तथा वडा नम्बर ६ का अध्यक्ष देवेन्द्रराज गिरी, वडा नम्बर ८ का अध्यक्ष सुरज कुमार पोख्रेल, प्याब्सन नागार्जुन नगरपालिकाका अध्यक्ष वासुदेव घिमिरे लगाएत, विद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, संचालक समितिका सदस्यहरु तथा अभिभावक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उक्त समारोहमा बोल्दै प्रदेश सांसद केशव पोख्रेलले हरेक वर्ष जस्तै यस वर्ष पनि श्री नवीनज्योति इङ्लिस स्कुलले सत प्रतिशत नतिजा निकाल्न सफल भएको भन्दै सम्पुर्ण विद्यार्थी तथा विद्यालय परिवारलाई बधाई दिनुभयो। उहाँले उत्कृष्ट नतिजा आउन शिक्षक, विद्यार्थी र अभिभावकको कम्बिनेसन मिल्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले सैद्धान्तिक सँगसँगै ब्यबहारिक तथा सीपमुलक शिक्षा सिकाउन समेत आवस्यकता रहेको बताउनुभयो ।

सांसद पोख्रेलले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई साथीभाईहरुको लहडमा भन्दा पनि सकेसम्म आफ्नो घर पाएक पर्ने र आफ्नो रुचि अनुसारको विषय पढ्न सुझाव दिनुभयो। साथै ११ र १२ मा अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई कक्षा ११ र १२ सकिने बित्तिकै बिदेश जाने सपना नबुन्न र नेपालमै उद्धम गर्न समेत सुझाउनुभयो।

त्यसैगरी नागार्जुन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुरज कुमार पोख्रेलले शिक्षकहरुको मेहनतका कारण विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई साथिभाईहरुको लहलहैमा विषय छान्ने भन्दा पनि आफ्नो रुचिको बिषय छान्यो र त्यस अनुरुप मेहनत गर्यो भने विद्यार्थीले आफ्नो लक्ष भेट्न सक्ने बताउनुभयो। साथै उहाँले सामुदायिक विद्यालयको नतिजा पनि यसैगरी सुधार गर्न प्रयासरत रहेको बताउनुभयो ।

त्यसैगरि विद्यालय सहप्राध्यापक सुवास पुरीले एसईई २०८१ मा सत् प्रतिशत नतिजा ल्याउनु निरन्तर अभ्यासको फल भएको बताउनुभयो । उहाँले विद्यालय अहिले गुणस्तरीय शिक्षामा ध्यान दिइरहेको बताउनुभयो। जीवन सिकाउने सीप सिकाई रहेका छौ, पुरीले भन्नुभयो। "नवीन ज्योतिको संस्कार ११/१२ पनि मा झल्किने छ। विद्यार्थीहरु अझै अगाडि बढ्नुहुने छ, यो सुरुवात हो ।"

उक्त कार्यक्रममा अभिभावक रामेश्वर पोख्रेलले आफ्नो बालबालिकाहरुलाई राम्रोसँग पढाई दिएको भन्दै सम्पुर्ण शिक्षकहरुलाई सम्मान गर्नुभयो। अभिभावकहरुले विद्यालयलाई माया गर्नुपर्छ। विद्यालयले हाम्रो बच्चहरु पढाइ दिएको छ। यो खुसिको कुरा हो। अभिभावकले शिक्षकहरुलाई समेत सम्मन गर्नुपर्छ, पोख्रेलले भन्नुभयो ।

सम्मान कार्यक्रमको समापन समारोहमा बोल्दै विद्यालय प्रधानाध्यापक सुरेश महतोले उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिनुभयो। साथै आगामी जीवनमा अहिलेको भन्दा बढी मेहनत गर्नुपर्ने भन्दै मेहनत नगरे एसईई जिपिए को धेरै महत्व नहुने बताउनुभयो। प्रधानाध्यापक महतोले विद्यार्थीले रुचिको बिषय पढ्न आग्रह गर्नुभयो। महतोले भन्नुभयो, "अहिलेको भन्दा मेहनत गर्नुपर्ने हुन्छ ,तालिका बनाएर पढ्नुस्, बिज्ञान पढ्ने विद्यार्थीले अलि बेसि मेहनत गर्नुपर्छ, समयको ब्यबस्थापन गर्न सिक्नुस्, भविष्य मा सफलता आउँछ।" त्यस्तै प्रधानाध्यापक महतोले अभिभावकहरुले आफ्नो बच्चाहरुलाई स्कुलमा जस्तै ११/१२ मा पढ्दा समेत ख्याल राख्न अनुरोध गर्नुभयो।

उक्त समारोहको संचालन शिक्षक शिला पनेरु, र विद्यालय कोर्डिनेटर राजेश खनालले संचालन गर्नुभयो। भने कक्षा १० मा अध्ययनरत आर्य ढकालले स्वागत मन्तव्य दिएका थिए। उक्त समारोहमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य तथा गायनहरु प्रस्तुत गरेका थिए।



